महेन्द्रनगर, महोत्तरी भंगहा नगरपालिका कटैया स्थित नेपाल किसान महासंघ द्धारा धान रोपाई दिवस मनाएका छन ।
नेपाली कांग्रेस मधेश प्रदेश अनुशासन समिति संयोजक सुरेश प्रसाद यादवको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच पहिलो चोटी महासंघ द्धारा यो दिवस मनाइएको वक्ताहरुले बताएका थिए । साथै आउनेदिनमा भव्य रुपमा यो दिवस मनाउने प्रतिवद्धता जनाएका थिए ।
राष्ट्रिय लोकतन्त्र समाजवाद र किसान एकता हाम्रा आदर्श हुन नारा साथ भंगहा नगरपालिका वडा नम्बर ३ स्थित एक किसानको खेतमा उपस्थित अतिथीहरुको साथमा यो दिवस मनाइएको हो । २०६२ सालको असार १५ देखि मनाउन थालिएको राष्ट्रिय धान दिवस अहिले नेपालभरी ठाउँठाउँमा विभिन्न कार्यक्रम गरि धान दिवस मनाउन थालिएको हो ।
आजका दिन धान रोपाई सँगै दही चिउरा खाने, असारे गित गाउने चलन पनि छ । कार्यक्रममा किसान संघ केन्द्रिय सदस्य धमेन्द्र साह, नेपाली कांग्रेस भंगहा नगरपालिका नगर संयोजक रुप नारायण सिंह, भंगहा नगरपालिका वडानम्बर ३ का अध्यक्ष जितेन्द्र सिंह लगायतका अतिथी, पार्टीका विभिन्न पदका पदाधिकारी, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech