महेन्द्रनगर, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका दुर्गाटोल स्थित रहेको क्षिरेश्वरनाथ धर्म संस्थाको नयाँ कार्यसमितिको अध्यक्ष पदमा सर्वसमतिले मदन प्रसाद घिमिरेलाई चयन गरिएको छ ।
गत चैत्र ३ गते चौथो साधारण सभाबाट पुरानो कार्यसमिति भंग गरि नयाँ कार्यसमितिका लागी सर्वसहमति प्रयास गरेपनि नयाँ कार्यसमिति चयन हुन नसकेपछि धर्म संस्थाका आजिवन सदस्य नेपाल सरकारका कर्मचारी धर्मराज पौडेलको नेतृत्वमा निर्वाचन समिति बनाईएको थियो । निर्वाचन समिति प्रमुख पौडेल आफु यसै धर्म संस्थाका आजिवन सदस्य भएकोले धार्मिक स्थलहरुमा राजनिति नहोस निर्वाचन प्रक्रियामा जानु नपरोस उदेश्यका साथ लामो प्रयास पछि सर्वसमतिले नयाँ कार्यसमिति चयन गरिएको बताउनु भयो ।
क्षिरेशवरनाथ मन्दिरको प्राङ्गनमा निर्वाचन समितिका संयोजक धर्मराज पौडेलको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा उपस्थित नगर प्रमुख यादव उपस्थित वक्ताहरुको कुरालाई नकारदै असारमसान्तको समय भएकोले समयको अभावको कारण गठन गरिएको नयाँ कार्यसमितिको सपथ ग्रहण र प्रमाणपत्र वितरणमा ढिलो भएको जनकारी गराए ।
साथै क्षिरेश्वरनाथ महादेव स्थानको नामबाटै क्षिरेश्वरनाथ नगरपालिकाको नमाकरण भएको ले अपेक्षा अनुसारको बजेट नगरबाट राख्न नसकेपनि क्षिरेश्वरनाथ महादेव स्थानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ महादेव स्थान रहेको वडा नम्बर ७ का वडाअध्यक्ष मुवारक कवारी क्षिरेश्वरनाथ मन्दिर हाम्रो नगरको मुख्य धार्मिक स्थलको रुपमा रहेकोले आफू सक्दो वडाको बजेटबाट हुने काम गर्ने प्रतिवद्धता जनाउँदै नगरबाट करिब ५० लाख छुटयाउन प्रमुख अतिथीको रुपमा उपस्थित नगर प्रमुखलाई आग्रह गर्नुभएको थियो । पूर्व सुचना अनुसार निर्वाचन समितिको अनुमतिमा बैकुन्ठ काफलेले उदघोष गरिएको नयाँ कार्यसमितको अध्यक्षमा मदन प्रसाद घिमिरे, उपाध्यक्ष वेचन यादव, सचिव विवेकानन्द सिंह, सह–सचिव राम प्रकाश महतो, कोषाध्यक्षमा नरेन्द्र यादवलाई चयन गरिएको छ भने सदस्यहरुमा केशव लाल महतो, राम जीवन गुप्ता, प्रेम माया श्रेष्ठ, भरोशी यादव, तुलसा ढुङ्गेल, यशोदा देवी कापरलाई सर्वसमतिले चयन गरिएको छ ।
कार्यक्रममा वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतो, क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, सर्पदन्स उपचार केन्द्र महेन्द्रनगरका अध्यक्ष राज किशोर राउत, कार्यपालिका सदस्य दिपक साह, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज, शसस्त्र प्रहरी नकटाझिज क्याम्पका इन्चार्ज, धर्म संस्थाका आजिवन सदस्य लगायतको उपस्थितीरहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech