दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सखुवा रोडमा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ५५ लाखको क्षति भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।

Your Ad Code Here

आगोलाई मिथिला नगरपालिकाको वारुणयन्त्र, श्री श्रीनाथ गणका नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीहरुको सहयोगमा आगो निभाइएको छ । आगो बुधवार राति करिब ९ बजे लागेको एक स्थानियले बताए । आगलगीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको छ । आगलागी के बाट भएको खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग