महेन्द्रनगर, तराईमा सितलहर शुरु भए सँगै क्षिरेश्वरनाथ नगरपालिकाले दाउरा बितरण शुरु गरेको छ । केहि दिनदेखि अत्याधिक चिसो बढे पछि नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न टोलमा दाउरा वितरण गरेको क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले बताए । बिशेष गरि न्यून आय भएका मुसहर समुदायलाई लक्षित गरि दाउरा बितरण शुरु गरिएको नगर प्रमुख यादवले बताए । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ देखि १० सम्म प्रत्येक वर्डामा दैनिक ज्याला मजदुरी गरि खाने टोलहरुलाई माध्यनजर गर्दै आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने रुखको जारा वितरण गरिएको जनकारी दिनुभयो । गरिव समुदायमा पर्याप्त लुगा कपडाको बन्दबस्त गर्न सक्ने क्षमता नहुदा चिसोका कारण साना बालबालिका , सुत्केरी महिला ,ज्येष्ठ नागरिकहरुमा बढी समस्या हुने नगर प्रमुख यादवले बताए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech