महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका दिगम्वरपुरि स्थित रहेको श्री शिव शक्ति कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष केशवलाल सिंहको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिका शिक्षा शाखा प्रमुख दिपक खत्रीको प्रमुख आतिथ्यमा संस्थाको ११ औं साधारणसभामा संस्थाको आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रक्तदान तथा मा.वि.स्तरिय हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्वरपुर श्री मा.वि.स्कुलको प्राङ्गनमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार संस्थामा हाल शेयर पूँजी ९ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको छ । जम्मा ४ सय ९६ शेयर सदस्य रहेको संस्थामा पुरुष शेयर सदस्य संख्या ३ सय ४७ रहेको छ, भने महिला शेयर सदस्य संख्या १ सय ४९ जना रहेको छ ।
संस्थाले अहिलेसम्म १ करोड ५ लाख ६५ हजार २ सय ३१ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थामा यस आर्थिक वर्षमा व्याज तथा विविध क्षेत्रबाट कुल १७ लाख ९६ हजार ६ सय २७ रुपैयाँ आम्दानी भएको छ, भने १४ लाख १० हजार ३ सय ४९ रुपैयाँ खर्च भएको आयव्यय विवरणमा उल्लेख छ । संस्थाले यस वर्षमा ३ लाख ८६ हजार २ सय ७८ रुपैयाँ नाफा गरेको छ । कार्यक्रममा विशिष्ठ अतिथी क्षिरेश्वरनाथ नगरपालिका वडा ८ का वडाअध्यक्ष मोदकुमार महतो, संस्थाका पदाधिकारी, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसैबीच श्री शिव शक्ति कृषि सहकारी संस्था लिमिटेड दिगम्वरपुरको ११ औं वार्षिक साधारणसभाको अवरमा शुक्रवार विहान आयोजित रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको संस्थाका प्रवन्धक राजेश प्रसाद सिंहले जनकारि दिए । साथै आयोजित कार्यक्रमबाट यस वर्षको एस ई ई परिक्षामा उत्कृष्ट तथा विशिष्ट अंक ल्याउने श्री मा.वि.दिगम्वरपुरको एक छात्र र एक छात्रालाई सम्मान पनि गरेको संस्थाका प्रवन्धक सिंहले जनाए । त्यस्तै साधारणसभाकै अवसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी गरी ९ वटा स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । हाजिरी जवाफमा महेन्द्रनगरको दर्शनिया रामेश्वरसिंह कुशवाहा एकेडमीका विद्यार्थीहरुले प्रथम स्थान ल्याएका छन् । यस्तै गंगोत्री स्कुलले दोस्रो र शारदा बोर्डिंग स्कुल तेस्रो स्थान ल्याएका छन् । तीन वटै स्कुलको अंक जुधेपछि गोला प्रथाद्धारा विजेता टुंग्याइएको थियो । हाजिरी जवाफ प्रतियोगितामा जित हासिल गरेका स्कुल र विद्यार्थीहरुलाई प्रमाण पत्र, ट्रफी सहित सम्मान गरिएको संस्थाले जनाएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech