महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सिसमेटिक स्कुलको प्राङ्गनमा आयोजित जलसा भव्यताका साथ सम्पन्न भएको छ । मदरसा सादिया लिलबनातको आयोजनामा आयोजित जलसा कार्यक्रमा मदरसामा अध्यनरत २१ जनालाई सलमा खातुन, हानी खातुन र नगमा खातुनको हाथबाट केरत र आलमियतको कोर्ष पढेर सकेका छात्राहरुलाई दिक्षान्त (दस्तार) पनि गरिएको मदरसाका संचालक मौलाना मो.हसन रेजा चतुर्वेदीले जनकारी दिए । मुस्लिम समुदायको सुधार र ईस्लामी सन्देश दिनका लागि क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा अवस्थित मदरसा सादिया लिलबनातले विहिवार आयोजना गरेको जलसा भब्यताका साथ सम्पन्न भएको हो ।
महिला मात्र सहभागी जलसामा आफनो समुदायलाई ईसालामी सरियत कानुन अनुसार हिडन र ईस्लामी सन्देश दिन वक्ताहरुले आग्रह गरे । ईस्लाम धर्मको मुल्य मान्ता विपरित कुनै पनि काम नगर्ने र इस्लामी सांस्कृतिको संरक्षण र प्रवद्र्धन समेतमा मुस्लिमय समुदायले ध्यान दिन जरुरी रहेको वक्ताहरुले आग्रह गरे । वक्ताहरुले ईस्लाम धर्मको संरक्षण र प्रवद्र्धन गर्न सबै मुस्लिमहरु एकजुट भई लाग्न सुझाव दिदै आफनो धार्मिक रितिरिवाज र परम्परा अनुसार चाँडपर्व तथा कार्यहरु गर्न सुझाव दिएको मदरसाका संचालक मौलाना मो.हसन रेजा चतुर्वेदीले जनकारी दिए ।
जलसा कार्यक्रममा प्रमुख वक्ताको रुपमा भारतको यूपीबाट आउनु भएकी सलमा खातुन, हानी खातुन र दिल्लीबाट आउनुभएकी नगमा खातुनले ईस्लाम धर्म समाजिकता र मानवीयता संग बलियो सम्बन्ध रहेकाले यसको सन्देशलाई फैलाउन आवश्यक रहेको जिकिर गरे ।
जलसमा हजार बढि मुस्लिम महिलाहरु जुटेको मदरसा संचालक मौलाना मो.हसन रेजा चतुर्वेदीले जनकारी दिए । जलसामा आउने अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । जलसामा आउने भक्तजनहरुलाई खाना खुवाउने व्यवस्था पनि मिलाइएको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग