ताजा अपडेट
×
घर–घरमै आधारभूत स्वास्थ्य सेवा ः क्षिरेश्वरनाथ नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई औषधि तथा उपकरण हस्तान्तरण
विद्यार्थीका समस्या सुन्न नगर प्रमुख प्रत्यक्ष संवादमा, ‘विद्यार्थीसँग नगर प्रमुख’ कार्यक्रम सम्पन्न
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय ः आज देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना
महिलालाई आत्मनिर्भर बनाउन तरकारी खेती तालिम प्रभावकारी ः नगर प्रमुख यादव
सिरहाको बरियारपट्टीमा छोटी भन्सार हटाउने निर्णयविरुद्ध आन्दोलन चर्कियो
एन.आई.सी. एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
स्थानीय सरकार र आप्रवासी सञ्जालको समन्वयात्मक बैठक सम्पन्न, नगर प्रमुखद्वारा निर्देशन
कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते
काँक्रोभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित युवक पक्राउ
धेरै पढिएको
×
क्षिरेश्वरनाथ नगरपालिकामा कित्ताकाट खुलियो
क्षिरेश्वरनाथ धर्मसंस्थाको नयाँ कार्यसमिति गठन
विभिन्न पार्टी परित्याग गरी सय भन्दा वढी नेकपा एमालेमा प्रवेश
धनुषामा बेपत्ता पारिएकी महिलाको लास भेटियो
क्षि.न.पा.को आयोजनामा नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता सुरु
पजियार सहित सयौं यूवा नेकपा (एमाले)मा प्रवेश
क्षिरेश्वरनाथ नगरपालिकाभित्र बसोवास गर्नेलाई सहुलियत दरमा स्वास्थ्य उपचार गर्ने जानकी मेडिकल सँग सम्झौता
दुव्र्यवहार गर्ने प्रहरीलाई करवाहीका लागी पत्रकार महासंघ धनुषाको माग
होमपेज
समाचार
राजनीति
समाज
अर्थ/वाणीज्य
विचार
अन्तराष्ट्रिय
खेलकुद
मनोरन्जन
थप
कृषि
दुर्घटना
जिवनशैली
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
सुरक्षा/अपराध
Dudhmati TV
होमपेज
समाचार
राजनीति
समाज
अर्थ/वाणीज्य
विचार
अन्तराष्ट्रिय
खेलकुद
मनोरन्जन
थप
कृषि
दुर्घटना
जिवनशैली
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
सुरक्षा/अपराध
साना किसान कृषि सहकारी संस्था लि.नक्टाझिजको २३औं वार्षिक साधारण सभा सम्पन्न
दुधमति टिभी
२०७९ कार्तिक १९, शनिबार १६:०५
दिवेश कुमार महतो,
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि. नक्टाझिजका अध्यक्ष रामदेव महतोको अध्यक्षतामा संस्थाको २३ औं साधारणसभा मनाइएको छ ।
साधारणसभामा संस्थाको लेखा समितिका अध्यक्ष शत्रुधन महतोले आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । संस्थाले सदस्य किसानहरुको समस्या हल गर्ने तथा सिप र पूजीको व्यवस्था मिलाई ब्यबसायिक बनाई आत्मनिर्भर बनाउने कुरालाई प्रतिवेदनमा जोड दिएको छ । संस्थाले वार्षिक प्रतिबेदनमा साना किसान समृद्ध कृषिको रुपान्तरण र उधमशिलताको विकास तर्फ जोड दिदैं चालु आ.व.मा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण, अभिमुखिकरण तालिम गोष्ठीमा सहभागी गराई सहकारी शिक्षा प्रदान गर्ने, जडिबुटि खेती लाई प्रबर्द्धन गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरि कार्ययोजना तय गर्ने उल्लेख छ ।
साना किसान कृषि सहकारी संस्था लि नक्टाझिजले प्रस्तुत गरेको आयव्यय विवरण अनुसार गत आर्थिक वर्षमा २५ करोड २८ लाख ४१ हजार ६ सय १२ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै चालु आर्थिक वर्ष २०७९ असोज ३२ गतेसम्ममा संस्थाले ५ करोड १७ लाख ६२ हजार ऋण लगानी गरेको छ । यस्तै गत आर्थिक वर्षमा २२ करोड ७८ लाख ५० हजार ५ सय २६ रुपैयाँ ऋण असुली गरेको भने चालुक आवको असोज ३२ गतेसम्ममा ४ करोड ९२ लाख ९१ हजार ६ रुपैयाँ असुली गरेको विवरणमा उल्लेख छ ।
यस्तै गत आवमा ४ करोड ३४ लाख ९८ हजार ४ सय ८६ रुपैयाँ ब्याज असुल गरेको भने चालु आवको असोज ३२ गतेसम्ममा ९२ लाख २७ हजार ९ सय ७६ रुपैयाँ ब्याज असुल गरेको छ ।
संस्थाले गत आवमा ५ करोड १८ लाख ६५ हजार ९ सय ४८ रुपैयाँ आम्दानी गरेको छ भने चाले आवको असोज ३२ सम्ममा ९६ लाख १६ हजार ४ सय २३ रुपैयाँ आम्दानी गरेको छ । गत आवमा संस्थाले ३ करोड ४८ लाख ८९ हजार २० रुपैयाँ खर्च गरेको छ भने १ करोड ६९ लाख ७६ हजार ९ सय २७ रुपैयाँ नाफा गरेको आयव्यय प्रतिवेदनमा उल्लेख छ । संस्थाको असुली दर हाल ९६ प्रतिशत रहेको संस्थाका प्रबन्धक सुर्य नारायण महतोले बताउनुभयो । हाल संस्थामा जम्मा ३२३ समूह रहेको छ भने महिला समूहको संख्या २२४ र पुरुष समूहको संख्या ९९ रहेको छ । संस्थामा महिलाको सदस्य संख्या १४ सय ४५ र पुरुष सदस्य संख्या ३३३ गरी जम्मा १७ सय ९४ सदस्य संख्या रहेको छ । हाल संस्थाको शेयर २ करोड ७१ लाख ३५ हजार ८ सय रुपैयाँ रहेको छ ।
कार्यक्रमक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको प्रबन्धक सुर्यनारायण महतो,सह- प्रबन्धक सुरेश कुमार महतो, उपाध्यक्ष राम प्रसाद महतो, रा. आ. वि विधालय नक्टाझिज प्रतिटोलको विधालय व्यवस्थापन समितिको अध्यक्ष एवम् पुर्वडिएसपी शम्भु ढकाल , साना किसान नक्टाझिजको पुर्वअध्यक्ष ब्रह्मदेव महतो, पशु बिमा समिति सदस्य रामनाथ महतो(दिनेस),महिला नेतृ बबी महतो , हिमालय युवा क्लब को अध्यक्ष शिवराम महतो, हिमालय युवा क्लबको पुर्वअध्यक्ष अरुण कुमार महतो, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रामनारायण महतो, समाजसेवी राममणि कुशवाहा लगायत किसानहरूको उपस्थिति रहेको थियो।
मिथिला नगरपालिका २ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको छ भने स्थानीय कलाकार र हिमालय युवा क्लबको साँस्कृतिक नृत्य टोली द्वारा साँस्कृतिक कार्यक्रम पनि भएको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
घर–घरमै आधारभूत स्वास्थ्य सेवा ः क्षिरेश्वरनाथ नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई औषधि तथा उपकरण हस्तान्तरण
विद्यार्थीका समस्या सुन्न नगर प्रमुख प्रत्यक्ष संवादमा, ‘विद्यार्थीसँग नगर प्रमुख’ कार्यक्रम सम्पन्न
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय ः आज देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना
महिलालाई आत्मनिर्भर बनाउन तरकारी खेती तालिम प्रभावकारी ः नगर प्रमुख यादव
सिरहाको बरियारपट्टीमा छोटी भन्सार हटाउने निर्णयविरुद्ध आन्दोलन चर्कियो
एन.आई.सी. एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
भर्खरै प्रकाशित

ट्रेंडिंग
क्षिरेश्वरनाथ नगरपालिकामा कित्ताकाट खुलियो
क्षिरेश्वरनाथ धर्मसंस्थाको नयाँ कार्यसमिति गठन
विभिन्न पार्टी परित्याग गरी सय भन्दा वढी नेकपा एमालेमा प्रवेश
धनुषामा बेपत्ता पारिएकी महिलाको लास भेटियो
क्षि.न.पा.को आयोजनामा नगर स्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता सुरु
Copyright © 2026, All Rights Reserved | Developed By
ProTech