महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित क्षेत्र नं. ४ का लागी स्थापित निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरुले उम्मेद्धारी दर्ता गराएका छन ।
उम्मेद्वारी दर्ता गर्न धनुषा क्षेत्र नं. ४ मा प्रतिनिधिसभाको लागी नेकपा एमाले सचिव पुर्व मन्त्री रघुविर महासेठ, प्रदेशसभाका लागी क बाट संतोष यादव ख बाट मिथिला नगरपालिकाका पूर्व मेयर हरिनरायण महतोले उम्मेद्धारी दर्ता गराएका छन भने सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका लागी नेपाली कांग्रेशका पूर्व मन्त्री महेन्द्र यादव, प्रदेशसभाका लागी क बाट नेपाली कांग्रेसका नेता शेषनरायण यादव ख बाट नेकपा एकिकृत समाजवादीका मधेश प्रदेश उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले आफनो उम्मेद्धारी दर्ता गराएका छन ।
त्यस्तै जसपा बाट प्रतिनिधिसभाका लागी महाजन यादव, प्रदेशसभाका लागी क बाट ज्ञानेन्द्र यादव ख बाट चन्देश्वर महतोले आफनो उम्मेद्धारी दर्ता गराएका छन ।
त्यस्तै स्वतन्त्रबाट प्रतिनिधिसभाका लागी विजय यादव र कृष्ण महतो लगायतले उम्मेद्धारी दर्ता गराएका छन । उम्मेदवारहरुले दर्ता गराउन आउँदा देखिएको तस्विर जस्ताको त्यस्तै ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech