महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नेकपा एमालेको पार्टी कार्यालय उदघाटन भएको छ ।
संघिय चुनावलाई मध्यनजर गर्दै क्षेत्र नं.४ को लागी क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर जैसीबबा धर्मशलाको छेउमा रहेको क्षिरेश्वर स्पोटर्स क्लवको सभा हलमा आफनो पार्टी कार्यालय स्थापना गरेको नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिकाका नगर सभापती महेन्द्र यादवले जनकारी दिएका छन । नेकपा एमाले प्रदेश समिति सदस्य र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथियमा आयोजित एक कार्यक्रम विच विधिवत कार्यालयको उदघाटन गरिएको छ । कार्यक्रममा नेकपा एमालेका क्षेत्रीय र स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech