महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर नयाँबजार स्थित दुर्गापुजाको अवरमा कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

दुर्गा पुजा मुल समिति द्धारा दुर्गापुजालाई थप रौन्कता दिन आयोजित २ दिने प्रतियोगिता पहिलो दिन वर्षाको कारण प्रभावित भएको थियो भने बुधवार देश विदेश लगायतका पहलमानहरु विच घम्सान कुस्ती भएको आयोजकले जनकारी दिए ।

Your Ad Code Here

कुस्ती प्रतियोगितामा महिला पहलमान लाई प्रमुख अतिथी नेकपा एमाले पोलिटव्यूरो सदस्य जुली कुमारी महतो जितको शुभकामना दिदैँ हाथ मिलाएका थिए भने पुरुष पहलमानहरुलाई नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर अध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष अनिल चौधरी, नेपाल व्याहुत कलवार संघका अध्यक्ष सुनिल साह, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का पुर्व अध्यक्ष राम किशुन यादव लगायतका व्यक्तिहरुले जितको अग्रिम शुभकामना दिदैँ हाथ मिलाएको मेला समितिले जनकारी दिए ।

कुस्ती हेर्न गाउँ गाउँबाट मानिसहरू उर्लिएका थिए । एक स्थानिय दर्शकका अनुसार पहिला पहिला मेला, महोत्सव तथा चाडपर्वको अवसरमा कुस्ती प्रतियोगिता गराइन्थ्यो घर घरमा पहलवान हुन्थे । तर अहिले न गाउमा पहलवान भेटिन्छन्, न कुस्ती प्रतियोगिता आयोजना गरिन्छ । अब मनोरञ्जनका लागि कुस्तीका लागि पहलवान भाडामा ल्याइन्छ । अहिले विरलै हुने कुस्तीमा विगत जस्तो सक्कली प्रतिस्पर्धा हुने गरेको छैन ।

भाडाका पहलवानहरू आपसमा नक्कली अर्थात् नाटकीय ढंगले प्रस्तुत हुन्छन् र दर्शकलाई मनोरञ्जन दिने प्रयत्न गर्छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग