दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित बडा दशैंको अवसरमा क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघद्धारा आयोजित तेस्रो दशैं सस्ता बजार आइतबार एक कार्यक्रम विच समापन गरिएको छ ।

क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता र मधेश प्रदेश उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दशैं बजार लगाउने कार्यमा सहयोग गरेका सहयोगी संघसंस्था र व्यक्तिहरुलाई प्रमुख अतिथी विशिष्ठ अतिथीको हाथबाट सम्मान गरिएको छ ।

Your Ad Code Here

कार्यक्रममा उपस्थित प्रमुख अतिथी महतो दशैं, दिपावली तथा छठ पर्वको शुभकामना दिदैँ तेस्रो दशैं बजार जुनरुपमा उदघाटन गरी सफलता पुर्वक समापन गरेको छ त्यस्तै यसको निरन्तरता क्याम राख्न राजनिति हिसाबलै हैनकि समाजिक हिसाबले यसमा आवध हुन सम्पुर्णमा आग्रह गर्नुभएको थियो ।

साथै दशैं बजारको थप रौनकता बढाउनको लागी जुन रुपमा स्थानिय विद्यालयका विद्यार्थी, स्थानिय कल्बहरु आफनो कला संस्कृति झलकिने गरी आफनो प्रस्तुती देखाइएको र बाणिज्य संघले यस्तो प्रस्तुतीलाई प्राथमिकता दिएकोमा धन्यवाद दिएका थिए ।


घटनास्थापनाको दिन देखि संचालनमा रहेको दशैं सस्ता बजारमा लताकपडा, जुताचप्पल, साबुन सरफ, विद्युतीय, खाद्यान्न, दैनिक उपभोग्य लगायत घरमा प्रयोग हुने विभिन्न समानहरुको स्टल बजार भन्दा सस्तो दरमा उपभोक्ता ग्राहकहरुलाई विक्री गरिएको संघका महासचिव दिपक साहले बताए ।

समापन कार्यक्रममा समाजसेवी मित लाल गिरी, राष्ट्रय वाणिज्य वैंक शाखा कार्यालय महेन्द्रनगरका प्रमुख सुरेश मण्डल, नोबेल ग्यास उद्योग प्रा.लि.का मनोज श्रेष्ठ, न्यू शिव आयल स्टोर्सका संचालक ललित साह, स्थानिय विद्यालयका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एंम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष सुरेश प्रसाद यादव दशैं बजार लगाउने कार्यमा आ–आफनो तर्फबाट सहयोग गरेका संघसंस्था, व्यक्तिहरुलाई धन्यवाद दिदैँ आउने दिनमा पनि यस्तै साथ सहयोगको अपेशा गरेको बताउनु भयो ।

कार्यक्रममा अतिथीहरुलाई स्वागत वाणिज्य संघका उपाध्यक्ष विनय साहले गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव अजय कुमार महतोले गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग