महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर कुचाईटोल स्थित आफनै काकाले कुटने खल प्रहार गरी एक बालकलाई हत्या गरेको आशांका गरिएको छ । वडा नम्बर ५ कुचाईटोल स्थित आफनै घरमा किशन पासमानको छोरा अन्दाजी वर्ष ४ को अनुस पासवानलाई आफनै काका पर्ने रवि पासमानले कुटने खल प्रहार गरी हत्या गरेको स्थानियहरुको भनाई रहेको छ । मानसिक सन्तुलन विगरेको रबि पासमान घर भित्र कोइ नभएको बेला हत्या गरी आफै प्रहरी चौकीमा पुगेको स्थानियहरु बताउछन । मानसिक सन्तुलन विग्रेको रवि पासमान यो भन्दा पहिला पनि एक बाख्रा र एक कुतालाई दविया प्रहार गरी हत्या गरेको थियो । यता ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक वेचन यादवका अनुसार यो विषयमा अनुसन्धान भइरहेको जनकारी दिनुभयो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech