दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नेपाल व्याहुत कलवार संघद्धारा बुधवार बलभद्र जयन्ती मनाइएको छ ।

महेन्द्रनगर नयाँ बजार औरही पुल नजिक अवस्थित नेपाल व्याहुत कलवार संघको प्राङ्गगणमा श्री श्री १०८ श्री बलभद्र जयन्ती एवं पूजनोत्सव विविध कार्यक्रम गरी मनाइएको छ ।

Your Ad Code Here

नेपाल व्याहुत कलवार समाजको कुल देवता रहेको श्री श्री १०८ श्री बलभद्र जयन्ती तथा पूजनोत्सव भव्यताका साथ मनाइएको संघका अध्यक्ष सुनिल साहले बताएका छन् । सो अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम समेत गरिएको अध्यक्ष साहले जानकारी दिएका छन् ।


नेपाल व्याहुत कलवार संघ महेन्द्रनगरको अध्यक्ष सुनिल कुमार साहको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा बलभद्र पूजनोत्सव समारोह एवं अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरिएको छ ।

सो अवसरमा महिला मंचका अध्यक्ष इन्दु देवी साह, नेपाल व्याहुत कलवार संघ गौशलाका अध्यक्ष दिनेश प्रसाद साह, नेपाल व्याहुत कलवार संघ वर्दिबाँसका उमेश साह, नेकपा एमाले क्षिरेश्वरनाथ नगरपालिका नगर उपाध्यक्ष अनिल चौधरी, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष मुवारक कवारी, पुर्व उपाध्यक्ष राम किशुन यादव लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
बलभद्र जयन्ती तथा पूजनोत्सवको अवसरमा विहान कलश यात्रा समेत निकालिएको थियो । महेन्द्रनगरकै दुधमति नदीबाट जलभरी संघको माथिल्लो तल्लमा रहेको बलभद्र भगवानको मन्दिरमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग