दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित नगर स्तरिय अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता शुरु हुनलागेको छ ।

दुधमती मिडिया प्रा.लि. द्धारा संचालित दुधमती एफ.एम.१०४ मेगाहर्ज र दुधमती नेटवर्क द्धारा संचालित दुधमती टेलीभिजनको टिम द्धारा यही मिति २०७९ भाद्र १२ गते देखि क्षिरेश्वरनाथ नगरपालिका भित्र रहेको कक्षा ५ देखि १० सम्मको विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहभागी गराउने गरी हुन लागेको प्रतियोगितामा जम्मा १६ ओटा विद्यालय सहभागी जनाएको व्यवस्थापन समितिका अध्यक्ष अनिल कुशवाहाले जनकारी दिएका छन । व्यवस्थापन समितिका अध्यक्ष कुशवाहाका अनुसार बिद्यार्थीमा रहेको ज्ञानको क्षमतालाई उजागर गर्न यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ । बिगतमा पनि यस किसिमको कार्यक्रम हामिले गरेको हो ,यसले बिद्यार्थीलाई ज्ञानको क्षमता बढाउन निकै प्रोत्साहन गरेको छ । दुधमती एफ.एम.१०४ मेगाहज, दुधमती टेलिभिजन फेसबुक पेज, न्युज अफ नेसन र www.dudhmati.com बाट एक साथ प्रत्यक्ष प्रसारण हुने गरी संचालन हुनलागेको कार्यक्रममा उदघोषकको रुपमा रोहित खनाल, प्राविधिकमा कृष्ण यादव, सहयोगीमा सुरेश प्रसाद सिंह, उषा थापा, बुद्ध लामा र विशेष सहयोगमा व्यवस्थापन समितिका अध्यक्ष रहने कुशवाहाले जनकारी दिए । साथै प्रतियोगिता पुर्ण निष्पक्छ रहने भएकोले कुनै किसिमको अशंका भएमा व्यवस्थापन समितिका अध्यक्ष संग सम्पर्क गरी विशेष जनकारी र आफनो गुनासो राख्न सक्ने बताउनुभयो । यता बिद्यालयहरुले पनि यस किसिमको कुनै कार्यक्रम नगरमा नभएको र हाल दुधमती मिडिया प्रा.लि.ले यस्ता कार्यक्रम हुनु सरहनिय भएको प्रतिक्रिया दिएका छन् ।

Your Ad Code Here

 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग