दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
श्री क्षीरेशवर सेवा समाज दोहा कतारले नयाँ कार्यसमिति गठन गरेको छ ।

आपत विपतको समय समाजमा देखिएको समस्यालाई सहयोगीमन एक भएर बनेको श्री क्षीरेशवर सेवा समाजको नयाँ कार्यसमितिको अध्यक्षमा जीवन भट्टराईलाई चयन गरिएको छ भने उपाध्यक्ष राज कुमार साह गुप्ता, कोषाध्यक्ष चन्देस्वर राउत, सचीव कमलेश महतो, उपसचिव संजय गिरी, रंजित मंडल, सत्रुधन साह, बरिस्ठ सल्लाहकार राम साह, अरुण माझी, विस्णु ब.कार्की, सल्लाहकार जितेन्द्र यादव, सुजित साह, इन्दल महतो, संजिव ठाकुर, जाहिर राइन, टेक्निकल प्राविधिक सहयोगी, हनुमान साह रहेका छन ।

Your Ad Code Here

त्यस्तै सदस्यहरुमा विजय राउत, अनिल राय, विनोद ठाकुर, लालबावु राम, अमरेश झा, अब्दुल बारिक हुसेन, धर्मेन्द्र साह र विरेन्द्र गुप्तालाई सर्वसहमतिले चयन गरिएको छ । नव गठित कार्यसमितिका अध्यक्ष जीवन भट्टराईका अनुसार समाजमा देखिएको समस्यालाई टाढा भएर पनि केही राहत पुगाउ उदेश्यका साथ खोलिएको संस्था हो श्री क्षीरेश्वर सेवा समाज यसमा आवद्ध सम्पुर्ण सदस्य सेवाको मनले लागेका छन । विभिन्न कारण ले आफनो देश छोरेर अर्को देशमा कामको शिलशिलामा आएका साथीहरु आफनो जन्म स्थानमा देखिएको समस्यालाई जाहाँ बसेपनि केही समाज प्रति उत्तरदायी भएर समाजमा रहेका गरिब अस्हाय, विपन्न गरिब परिबारलाई परेको समस्यामा केही मल्हमको काम होस भनेर समय समयमा आर्थिक रुपमा सहयोग गर्दै आएको र आउने दिनमा पनि हाम्रो टिमको साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ । साथै समाजमा त्यस्तो कुनै गरिब विपन्न घरपरिवारमा समस्या देखिएको छ भने हाम्रो टिमलाई सम्झन आग्रह पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग