महेन्द्रनगर, वर्तमान जानकी टेलिभिजनमा कार्यरत मौसम झा नेपाल पत्रकार महासघं धनुषा सँग न्याय मागेका छन । जानकी टेलिभिजनका लागी इन्टरभिउ लिन धनुषाको विदेह नगरपालिका पुगेका झा माथी मेयर वेचन दास लगायतका व्यक्तिहरुले पिटपाट सहित र्दुवेवहार गरेको हस्ताक्षरीत पत्रमा लेखिएको छ । नेपाल पत्रकार महासघं धनुषालाई बुझाएको पत्र अनुसार म मौसम पाठक विगत ६ (छौ) साल देखि पत्रकारिता गर्दै आई रहेको छु वास्तवमा पत्रकारिता गर्नु मेरो सोच हैन रहर हो र म आफु लागि आफनो जिवन सिमित नगरि जनताको हितमा जनताको हक अधिकारको लागि विगत ६ (छौ) साल देखि अवाज उठाउदै आईरहेको छु । त्यसै क्रममा विगत ३५ दिन अघि अझै प्रस्ट गरौ भने असार २० गते ३ ः १७ मा मैले एउटा न्युज सम्प्रेसण गरे विदेह नगरपालिकाका मेयर श्रि बेचन दास जि को पालिका कै एउटा आम सर्व सधारण व्यत्तिले म मिडिया क्षेत्रमा लागेको हुनाले मलाई एउटा अडियो दियो जसमा पत्रकारिता क्षेत्रमा लागेको सम्र्पुण पत्रकारहरुलाई आमाको गालि गर्दै सबै लाई गुन्डा लगाएर र्माछु बोलेको सबुत पनि म सगँ भएको हुनाले मैले त्यो रिपोटिङ्ग गर्ने क्रममा जनता बाटै अवाज आयो कि मेयरले करारमा रखन लाई पैसा लिन्छ त्यस क्रममा मैले त्यो प्रश्न पनि आफनो अधिकार बुझि सोधे त्यसको कारण मेयरले मलाई जानले मार्ने प्लानिङ गर्दै थियो मैले जानकारी पाए तर मेरो न्युज प्रति कुनै उजुरी नगरी मलाई अरु मार्फत विभिन्न प्रकारका पैसाको प्रलोभन दिए मैले अस्विकार गरे पछि धाक धमकी पनि दियो ति न्युज डिलेट गर्न मैले नगर्दा मलाई केहि पनि नभनि मलाई टार्गेट गरेर राखेकै थियो मलाई १० गते जानकी टेलिभिजनका संचालक बैधनाथ प्रसाद साह को टेलिभिजनमा काम गर्ने पत्रकार विशाल दुबे,साजन यादव लगायत सबै छोर दिदा मलाई अनुरोध गर्नु भो कार्य गर्दिन म गए निरन्तर इमन्दारि पुर्वक ९ दिन काम गरे (१०) दशौ दिन मलाई जानकी टेलिभिजनका संचालक बैधनाथ साहले विदेह नगरपालिका गएर मेयरको इन्टरभिउ लिएर आउ भन्नु भयो बैधनाथ जि आफनो छोरो शुभ्म साह र केमरा मेन दिवाकर राय सगँ ओफिसकै गारि नम्बर बा १६ च ६७१३ मा बसेर गए त्या जाने वितिकै पालिकामा पुगे मेयर र हाकिमको केविनमा पुग्दै मेयर बेचन जि ले मेरो र दिवाकर राय केमरा मेनको मोबाईल छिन्दा मैले सोधे यसो किन गर्नु हुन्छ मेयर जि भन्ने वितिकै मलाई एक छापड लगाई छातिमा लातले हानु भो एउटा गुन्डा सैलिमा र तिमि जस्तो पत्रकार लाई बेचन साह ले तह लगाउछ भनेर धमकि दि उले आफनो १२÷१५ जना बुलाई नदेखिने गरि मारेर लैजा भन्यो र म बाट धान्धलि गिरि मारेर बोडर पार गर्दिन्छु भनि म बाट फेसबुक लाईभ मार्फत माफि माग्बायो मेरो जानकी टेलिभिजनका मेनेजिङ डाईरेक्टर ले प्रसासन लाई कल नगरि उले मलाई चिन्न बाट बन्चित गरयो म एउटा आम सर्व सधारण जन्ताको हकको लागि लडने सत्यको साथ रहने पत्रकार हुनाले तपाई समपुर्ण लाई एउटै अनुरोध छ कि म मात्र न्याय माग्दै छु । र मिडिया खोलि व्यपार गर्ने माथि धैरै धैरै निन्दा गर्दै छु मैले जानकी टेलिभिजन बाट आस्वाश्ण पनि नपाएको हुदा एकलै न्याय को लागि सम्र्पुण निकाय सम्म जने छु । अनुरोध छ कि मेरो दुःख र पिडा तपाई बुझेर न्याय गर्नु हुन्छ कुरा हस्ताक्षरित पत्रमा लेखिएको छ ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech