महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको सर्पदंश उपचार केन्द्रको दोस्रो कार्यकालको लागी अध्यक्ष पदमा राज किशोर राउतलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । सर्पदंश उपचार केन्द्रका अध्यक्ष लक्ष्मन महतोको अध्यक्षत र नेपाली कांग्रेस धनुषा जिल्ला सभापति एवंम निवर्तमान मेयर योगेन्द्र पजियारको प्रमुख आतिथीयमा आयेजित कार्यक्रमबाट अगामी कार्यकालको लागी नयाँ कार्यसमिति चयन गरिएको छ । केन्द्रको नयाँ कार्यसमितिको अध्यक्षमा राज किशोर राउत, उपाध्यक्ष नवल किशोर यादव, सचिव मोद कुमार महतोलाई चयन गरिएको छ भने सदस्यहरुमा बिजय कुमार यादव, माधव कुमारी आले, अनु कुमारी साह, मनोज कुमार झा रहेका छन । त्यस्तै कार्यक्रमको उदघाटन सत्रमा विशिष्ठ अतिथी श्री श्रीनाथ गण महेन्द्रनगरका प्रमुख सेनानी श्याम विक, अतिथीहरु क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय साह, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जय किशोर सिंह, वडा ७ का मुवारक कवारी, वडा ८ का मोद कुमार महतो, वडा ९ का अवध किशोर यादव लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech