दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको छाँयाकेदार ब्याडमिन्टन खेलकुद क्लब आफनो दोस्रो साधारण सभा सफलता पुर्वक सम्पन्न गरेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ कुचाई टोल स्थित निर्माणधिन कबर्ड हलको प्राङ्गनमा क्लबका अध्यक्ष विरेनद्र प्रसाद जयसवालको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा क्लबका सदस्य भरत यादव उपस्थित अतिथीहरुलाई स्वागत गर्दै क्लबको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख यादव खेलकुदलाई शिलाजितको संगिया दिँदै राष्ट्रयको लागी खेलकुद, समाजको लागी खेलकुद र स्वास्थ्यको लागी खेलकुद अतिनै आवश्यक रहेको ले क्षिरेश्वरनाथ नगरपालिका र आफनो व्यक्तिगत तर्फबाट पनि यस क्लब अथवा खेलकुदको क्षेत्रमा कामगर्ने क्लबहरुको सधैँ साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भएको थियो ।

Your Ad Code Here

त्यस्तै कार्यक्रममा उपस्थित विशिष्ठ अतिथी नेपाली कांग्रेस धनुषा जिल्ला सभापति, निवर्तमान मेयर योगेन्द्र पजियार क्लबको अगामी कार्ययोजना जेष्ठ नागरिक मिलन केन्द्रको लागी पुन्ह जग्गा दान गर्ने शम्भु घिमिरेलाई धन्यवाद दिँदै समाजको लागी राम्रो कामगर्ने क्लबहरुलाई नगरपालिकाबाट या प्रदेश सरकारबाट हुने सहयोगमा सदैव साथ सहयोग रहने विश्वास दिलाउनु भएको थियो ।

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष मुवारक कवारी, वडा ९ का अवध किशोर यादव, समाजसेवी ईश्वरी अधिकारी, क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमिका प्र.अ. जगदिस प्रसाद सिंह, गंगोत्री बोडिङ्ग स्कुलका प्र.अ. गणेश साह, नेकपा एमालेका नेता राजु गुप्ता लगायतको अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई सम्मान र खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गर्दै दोस्रो कार्यकालको लागी पुरानै कार्यसमितिलाई निरन्तरता दिएको क्लबका कोषाअध्यक्ष बैकुण्ठ प्रसाद काफलेले जनकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग