दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
नेपाली कांग्रेस धनुषाबाट जिल्ला उपसभापतिमा उमेदवारी दिएको मुन्ना भनिने सुरेन्द्र प्रसाद चौधरी सहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेको छ ।निर्माण व्यवसायी महासंघको मधेश प्रदेश अध्यक्ष समेत रहेका मुन्ना भनिने चौधरी एमालेमा प्रवेश गरेका छन उनका साथै नेपाली कांग्रेस मुखियापट्टी मुसरनिया गाँउपालिकाका सभापती बिश्वनाथ यादव, नेपाली कांग्रेस पार्टी सचीव लक्ष्मी यादव तथा जिल्ला सदस्य राधेश्याम राय,ईलाइश नदाफ,हियालाल यादव,महेन्द्र ठाकुर,पवन यादव,धन्बिर यादव,सुजित यादव लगायत का कर्याकर्ता हरु पर्बेश गरेको हुन।

Your Ad Code Here

नेकपा एमाले पोलिटब्युरो सदस्य, पुर्व मन्त्री नेतृ जुली महतोको सक्रियतामा उनीहरु एमाले प्रवेश गरेका हुन । एमालेका अध्यक्ष केपि शर्मा ओलीले उनीहरुलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा एमाले जनकपुरधाम नगर कमिटि अध्यक्ष सुरेन्द्र भण्डारी, क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटि उपाध्यक्ष अनिल चौधरी सहितको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग