दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव सहितको प्राविधिक टोली पिसिसि ढलान लगायतको गुणस्तरिय चेक गर्न प्रयोग गरिने “रि बाउन्ड हेमर टेस्ट” मेसिन सहित अनुगमन गरेका छन ।

स्थानिय निर्वाचन २०७९ का नव निर्वाचित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख यादव पहिलो चोटी यी डिजिटल मेसिन सहित अनुगमनमा व्यस्त देखिएको थियो । असारे विकासको चटारोमा गुणस्तरीयहिन कामहरु भईरहेको व्यापक जनगुनासोपछि मेयर यादव गुणस्तरिय चेक गर्न प्रयोग गरिने “रि बाउन्ड हेमर टेस्ट मेसिन” सहित आफै फिल्डमा खटिन थालेको छ ।

Your Ad Code Here

आज अन्तिम दिन भुक्तानीको समय हुँदा कामै नगरी भुक्तानी लिने प्रवृतिलाई अन्त्य गर्न मेयर यादव यी टेस्ट गर्ने मेसिन सहित आफै फिल्डमा खटेर अनुगमन गर्न थालिएको नेकपा एमाले नगर उपाध्यक्ष अनिल चौधरीले बताए । आर्थिक वर्ष २०७८÷०८९ का विकास निमार्णका कामकाज सहित गुणस्तरीय कामकाज लागत अनुमान बमोजिम काम भएकोले निकासा पाउनु पर्यो जुन काम स्टिमेट बमोजिम काम नहुनेले रहम निकासा गर्न मिल्दैन नगर प्रमुख यादवले भने ।

साथै यादवका अनुसार विभिन्न वडामा काम गरिएको काम प्रति स्थानिय वासिन्दाहरुको गुणासोले गर्दा ग्राउन्डमा गएर गुणस्तरिय चेक गर्ने मेसिन सहित चेकजाँच गरि अनुगमन गरिएको बताए । अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत प्रमोद घिमिरे, लेखा शाखाका विक्रम साह, प्राविधिकहरुको टोली रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग