महेन्द्रनगर, मधेश प्रदेशस्तरीय प्रथम स्वर्गीय रामनारायण मिश्र फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिनको खेलमा बारा र धनुषा जितन सफल भएको छ । धनुषा जिल्ला फुटबल संघको आयोजना र महिला बाल बालिका, यूवा तथा खेलकुद मन्त्रालय, मधेश प्रदेशको सहयोगमा सुरु भएको खेलमा धनुषा, महोत्तरी, सिरहा, सलार्ही, सप्तरी, बरा, पर्सा र रौतहट गरी जम्मा ८ ओटा टिम सहभागिता जनाएका छन । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर क्षिरेश्वर मा.वि.को खेल मैदानमा स्वास्थ्यको लागी खेलकुद राष्ट्रयको लागी खेलकुद, प्रदेशको लागी खेलकुद मुल नाराका साथ सुरु भएको खेलमा दोस्रो दिनको पहिलो खेल बारा र सप्तरी बिच भएकोमा बारा १ का विरुद्ध ३ गोल गरी आफनो जित सुनिचित गरेका छन भने दोस्रो खेल धनुषा र महोत्तरी विच भएको रोमान्चक खेल निरधारित समय सम्म एक एक गोल गरी बरावरीमा सम्पन्न भएको थियो भने प्यनालटी सुटमा ३ का विरुद्ध ४ गोल गरी धनुषा जितेका छन । त्यस्तै भोली २० गते पहिलो सेमीफाइनल खेल सिरहा र सलार्ही विच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बारा र धनुषा विच हुने आयोजकले जनकारी दिएका छन ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech