दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
स्थानिय नगर प्याब्सन कमिटि क्षिरेश्वरनाथ नगरपालिका संस्थागत विद्यालयहरुको हक हितका लागी सकारात्मक पहलको माग गर्दै ज्ञापनपत्र बुझाईएको छ ।

धनुषा क्षिरेश्वरनाथ नगरपालिकाका नव निर्वाचित नगर प्रमुख सुखदेव यादवलाई सफल कार्यकालको वँधाई दिदैँ नगर प्याब्सन कमिटिका अध्यक्ष सुजित कापरी द्धारा हस्ताक्षरित विभिन्न माग राखिएको ज्ञापनपत्र बुझाईएको छ ।

Your Ad Code Here

मधेश प्रदेश प्याब्सन उपाध्यक्ष जगदिस प्रसाद सिंह, नगर प्याब्सन सचिव कृष्ण लामा सहित द्धारा बुझाईएको ज्ञापन पत्रमा अनुमति भन्दा माथी कक्षा संचालनमा रोक, स्थानान्तर प्रमाणपत्र सम्वन्धमा कार्यन्वयन, नगरबाट दिइने तालिममा संस्थागत विद्यालयलाई पनि सहभागी, शिक्षा नियमावली विपरित कार्य गर्ने विद्यालयलाई कानुनी दाइरामा ल्याउन, शिक्षा समितिमा नगर प्याब्सनको सिफारीसमा प्रतिनिधि चयन, सामुदायिक तथा संस्थागत विद्यालयमा समानता, प्र.अ.को वैठकमा सामुदायिक तथा संस्थागत दुवै लाई समिटि दिन, स्थानान्तर प्रमाणपत्र विना विद्यार्थी भर्ना गर्ने सामुदायिक तथा संस्थागत विद्यालयलाई कारवाही गर्न र हरेक विद्यालयबाट संकलित फोहोरको व्यवस्थापन गर्न लगायतको माग राखि ज्ञापनपत्र बुझाईएको छ । साथै नगर प्रमुख यादव विभिन्न माग राखि बुझाइएको ज्ञापनपत्र बुझदै छिटै कार्यनव्यन गर्ने अशुवासन दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग