महेन्द्रनगर, पृथ्वी संरक्षण दिगो प्रकृति मैत्री जिवनयापन भन्ने मुल नाराका साथ आइतवार विश्व वातावरण दिवस मनाईएको छ ।
दिवसका अवसरमा मधेश प्रदेश उद्योग पर्यटन तथा वन मन्त्रालय मधेश प्रदेश वन निर्देशनालय डिभिजन कार्यालयको आयोजनामा मिथिला नगरपालिका वडा नम्बर ४ रतन्पुर स्थित जग्धर खोलामा वृषारोपन गरी कार्यक्रम मनाइएको छ ।
कार्यक्रमको प्रमुख अतिथी मधेस प्रदेश सरकारको उधोग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, विशिष्ठ अतिथी ववि महतो, मिथिला नगरपालिका नगर प्रमुख महेन्द्र महतो, अतिथी शिवशंकर प्रसाद सिंह, राम कुमार महतो स्थानिय स्कुलका विद्यार्थी, स्थानिय बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो । दिवसको अवसरमा आइतवार वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न ठाउँहरुमा चेतनामुलक कार्यक्रम गरेका छन् ।
संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech