महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ का अध्यक्ष अमर किशोर सिंहले सोमवार पदभार ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचनमा विजयी भएका सिंहले वडावासीको सानोभन्दा सानो समस्यालाई पनि आफूले महत्वका साथ हेर्ने भन्दै जनताको आशा र विश्वास टुट्न नदिने बताए । वडाको समस्या समाधान गर्न आफू र आफ्नो टिम सक्षम रहेको भन्दै उनले नमूना काम गरेर देखाउने बताए । ५ सदस्यीय वडा समितिमा पुरौ पाइनल नेपाली कांग्रेसका प्रतिनिधि निर्वाचित भएका हुन् ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग