महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं। २ का अध्यक्ष देवु यादवले सोमवार पदभार ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचनमा विजयी भएका यादवले पदभार ग्रहन गर्दै आफनो वडाबासीको लागी आउने दिनमा विद्यालयमा सिसिटिभी जडान, प्रत्येक घरमा खानेपानीको व्यवस्था, सार्वजनिक तथा धार्मिक स्थलको २०० मि. भित्र मदिरा जन्य विक्री वितरण प्रयोगमा प्रतिवन्ध, फुसको छानालाई जस्तापाताको छानाले व्यवस्थापन गर्ने लगायतको निर्णय गरिएको छ । वडाको समस्या समाधान गर्न आफू र आफ्नो टिम सक्षम रहेको भन्दै उनले नमूना काम गरेर देखाउने बताए । ५ सदस्यीय वडा समितिमा पुरौ पाइनल नेपाली कांग्रेसका प्रतिनिधि निर्वाचित भएका हुन् । सो अवसरमा नेपाली कांग्रेस लगायतका प्रतिनिधिहरु अतिथीको रुपमा उपस्थित रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग