महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको लागी नव निर्वाचित नगर प्रमुख नगरभरीका पशुहरुको पशु स्वास्थ्य विमा लगायतको सेवा निःशुल्क गरिने घोषणा गर्नुभयो ।

आज शुक्रवार शुभसाइतमा आफनो पदभार गृहन गर्नुभएका नव निर्वाचित नगर प्रमुख सुखदेव यादव नगरभरीका ज्येष्ठ नागरिक, आपाङ्ग र गर्भवती महिलाले सुत्केरी गराउन जाँदा जिल्लाभरीको लागी एम्वुलेन्स सेवा निःशुल्क, नगरपालिकाबाट दिईने सिफारिसहरु, जन्मदर्ता, मृत्यू दर्ता, विवाह दर्ता, बसाईसराई, घरबाटो सिफारिस, चार किल्ला सिफारिस, स्थानिय वासिन्दा यकिनको सिफारिस निःशुल्क प्रदान गरिने तथा नगरवासीलाई अन्य करको भार कम गर्न पनि करको दरहरुलाई समेत समायोजन र नगरभरीका पशुहरुको पशु स्वास्थ्य विमा नगरपालिकाबाट निःशुल्क गरिने घोषणा गर्नुभयो ।

Your Ad Code Here

साथै नगर प्रमुख यादव यो जित जनताको जित हो जनतालाई प्रत्यक्ष फाईदाहुने गरी हामीले यो घोषणा गरेको छु , हामी जनताबाट आएकोले नगरभरीका सम्पुर्ण जनतालाई सहयोगको लागी हामी २४औं घण्टा त्यार छु ।

 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग