दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
नेकपा (एमाले) वटेश्वर गाउँपालिका स्थानीय निर्वाचनका लागि सुखी नेपाली समृद्ध नेपालको घोषित लक्ष्यलाई सुखी बटेश्वर, समृद्ध बटेश्वर लाई आफनो पाँच वर्षको कार्यकालभित्र व्यवहारमा रुपान्तरण गर्ने दिगो कार्ययोजना सहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

नेकपा एमालेबाट धनुषास्थित बटेश्वर गाउँपालिकाको अध्यक्ष पदको उमेदवार श्याम सुन्दर महतो आफनै निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिद्धान्तको लागी जीवन होइन, जीवनका लागी सिद्धान्त हुनुपर्छ भन्ने भावनासँग सहमत हुँदै विगमा के भयो केएन भन्दा पनि वर्तमानमा के गर्न सकिन्छ भन्ने आशावादिता बोकेको एक शिक्षित कार्यकर्ताको हैसियत एवं सिद्धान्तलाई व्यवहार द्धारा प्रमाणित गर्न प्रतिबद्धता व्यक्त गरेका थिए । प्रत्यासी अध्यक्ष महतोले आफ्नो प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, भौतिक पूर्वाधार, सञ्चार, मौलिक कला र संस्कृति लगायतका मुख्य १६ वटा बुँदा समेटको छ । बटेश्वर गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ आधुनिक र व्यवसायिक कृषिमा जोड दिएको छ । त्यसैगरी सामाजिक सुरक्षा भत्ता अव घरघरमा पुर्याउन उद्घोष गरेर जेष्ठ नागरिकहरुको भावनालाई सम्बोधन गरेको छ ।

Your Ad Code Here

साथै उमेदवार महतो मेरो बारेमा प्रतिद्वन्दीहरुले अफबाह फैलाएको प्रति मेरो ध्यानआकर्षण भएको बताउदैँ मेरो नाम जोडेर जुन किसिमको हल्ला फैलाउने काम गरेको यो चुनावको समयमा त्यो सरासर मिथ्या रहेको कुरा हजुरहरुलाई जानकरी गराउन चाहन्छु । नेकपा एमालेका कार्यकर्ता शुभचिन्तक ,बुद्धिजीवि, नागरिक समाज,सबैमा आग्रह के गर्न चाहन्छु कि सबैजना आफ्नोे कार्यप्रति अगाडी बढनुस । मिथ्या समाचार फैलाउनेहरुलाई कानूनको कठघरामा समयमा नै उभियाई कानून बमोजिम कारबाही हुने विश्वस्त दिलाउन चाहन्छु । यो अपवाह संग सम्बन्धित म प्रतिको कुनै कसुर र संगलगता न रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग