महेन्द्रनगर,
नेकपा एमाले मिथिला नगरपालिका वडा नं ३ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । स्थानिय तह निर्वाचनका लागि नेकपा एमाले मिथिला नगरपालिकाको चुनावी घरदैलो अभियानमा उम्मेदवारहरु आ–आफ्नो क्षेत्रमा रहेका मतदाताहरुको घरघरमा पुगेर यसपटक सूर्य चिह््रनमा मत दिएर विजयी गराउन आग्रह गर्दै आफुहरुले जितेमा आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै नगरलाई नमुना बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।


घरदैलो अभियान अन्तर्गत आइतवार वडा नं. ३ हरिहरपुर, मरधर लगायतको ठाउँमा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममा नेकपा एमाले बाट मेयर पदका उमेदवार राजाराम महतो कार्यकर्ता, शुभेच्छुकहरुलाई एमाले पार्टीलाई जिताउन लागी पर्न आग्रह गर्दै नेकपा एमालेको जित सुनिश्चित रहेको बताए ।

Your Ad Code Here


सोही अवसरमा वडा नम्बर ३ वडाअध्यक्ष पदका उमेदवार राम एकवाल महतोले जनताको हकअधिकार कुण्ठित नहुने तरिकाले काम गर्ने प्रतिवद्धता जनाए । उनले चुनाव प्रचार तथा घरदैलो कार्यक्रममा उत्साहजनक सहभागीता जनाउने कार्यकर्ता, शुभेच्छुक, मतदाता सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।


घरदैलो कार्यक्रममा उपस्थित उमेदवारहरुलाई मतदाताहरुले फुल तथा खादा मालाले घरदैलोमा स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग