महेन्द्रनगर,
नबिल बैंक लिमिटेडले धनुषाको महेन्द्रनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १४५ औं शाखा यहाँ सञ्चालनमा ल्याएको हो ।
बिहिबार एक समारोहबीच नेपाल राष्ट्रिय बैंक जनकपुरका निर्देशक निरा ताल्चाभडेल सो बैंकको उद्घाटन गर्नुभयो ।

बिहिबार एक समारोहबीच नेपाल राष्ट्रिय बैंक जनकपुरका निर्देशक निरा ताल्चाभडेल सो बैंकको उद्घाटन गरेका हुन्।उदघाटन गर्दै निर्देशक ताल्चाभडेलले बैंकले यश क्षेत्रमा आर्थिक गतिविधिको साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्न‌े विश्वास व्यक्त गरिन्।

Your Ad Code Here

नबिल बैंक लिमिटेडका प्रमुख व्यापार अधिकारी ज्ञानेन्द्र प्रताप शाहले देश कै निजि स्तरको पहिलो बैंकको रूपमा रहेको नबिल बैंकले ३८ वर्ष देखि निरन्तर विश्वसनीय सेवा प्रवाह गर्न सफल भएको बताए।

उद्घाटन समारोहमा महेन्द्रनगर शाखाका प्रमुख निरञ्जन पोखरेलले बैंकले साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रममा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले ठूला उद्योगी व्यापारीलाई मात्र हैन सान र लघु उद्यमी व्यापारीहरूलाई समेत लगानी गर्न आग्रह गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग