महेन्द्रनगर,
धनुषा जिल्ला फुटबल संघको सातौं जिल्ला अधिवेशनबाट सर्वस्हमति रुपमा राम केवल मुखियालाई चयन गरिएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर क्षिरेश्वर स्पोर्ट कल्बको सभाहलमा प्रमुख निर्वाचन आयूक्त बाल कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा अध्यक्ष र उपाध्यक्ष पद सर्वस्हमतिबाट निणर्य गरिएको थियो भने सदस्य पदको लागी मतदान प्रक्रियाबाट नयाँ कार्यसमिति गठन गरिएको नव निर्वाचित अध्यक्ष राम केवल मुखियाले जनकारी दिए ।

Your Ad Code Here

नव गठित कार्यसमितिको अध्यक्ष राम केवल मुखिया, उपाध्यक्ष राज देव प्रसाद साह, कल्याण खडका, निरंजन प्रसाद गौतमलाई चयन गरिएको छ भने सदस्यहरुमा तपेश्वर कुमार राउत कुर्मी, राम ललित राउत, रोशन लामा, नरेश कुमार सिंह, सन्तोष कुमार सिंह, शान वहादुर स्याङ्गबो, संजय कुमार मण्डल, राम कुमार लामा, योगेन्द्र यादव, संजय कुमार स्याङ्गबो, अनिता तामाङ्ग रहेका छन ।

सातौं जिल्ला अधिवेशनबाट अध्यक्षपदमा निर्वाचित राम केवल मुखिया प्रमुख निर्वाचन आयूक्त लगायत आफूलाई सर्वस्हमतिबाट अध्यक्ष पदको कार्यभार दिएको सवैलाई धन्यवाद दिँदै आउने दिनमा नयाँ जोसका साथ जिल्ला फुटबल संघ भित्र रहेको कमि कमजोरीलाई आत्मसाथ गर्दै अगाडि वढने प्रतिवद्धता जनाउनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग