महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद नारा सहित खेलाडीहरु द्धारा रियाली निकालिएको छ ।
नेपालीहरुको नायाँ वर्ष २०७९ को शुभ विहानीमा क्षिरेश्वर स्पोर्टस कलव लगायतका खेलाडीहरु महेन्द्रनगर स्थित क्षिरेश्वर मा.वि.को खेल मैदानबाट निस्केको रियाली सखुवा चौक, हनुमान चौक र क्षिरेश्वर चौक हुँदै पुन्ह क्षिरेश्वर मा.वि.को खेलमैदानमा एक आपसमा नायाँ वर्षको शुभकामना अदान प्रदान गर्दैै सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित क्षिरेश्वर स्पोर्टस कलवका अध्यक्ष राम केवल मुखिया खेलाडीहरु आफनै घरबाट खाएर क्षिरेश्वरनाथ नगरपालिका र देशको लागी खेल खेल्दैछ समय समयमा एक ठाउँबाट अर्को ठाउँमा खेलाडी पठाउनु पर्यो भने अहिले सम्म विभिन्न सहयोगी हाथहरुबाट चन्दा संकलन गरी विभिन्न खेलहरुमा सहभागी गराएको र राम्रो पनि गरेरआएको बताउनु भयो ।
रियालीमा धनुषा जिल्ला कवडी संघका अध्यक्ष सरोज सिंह, अन्तराष्ट्रिय कवडि खेलाडी कल्याण भुजेल, अन्तराष्ट्रिय खो खो खेलाडी सिता साह, इन्दल राय, स्थानिय नेता बस्नत ठाकुर, लगायत फुटवल र कवडिका खेलाडीहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech