महेन्द्रनगर, जनकपुर ढल्केवर सडक खण्ड महेन्द्रनगर स्थित जथाभावी पार्किङ्गले गर्दा दुर्घटनाको जोखिम बढदै गएको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किङ हुने गरेका छन ।
मुख्य गरी मंगलवार र शनिवार लागने सखुवा बजार, सोमवार र शुक्रवार लाग्ने नयाँ बजार र बाँकि दिन चौकमा लाग्ने बजार क्षेत्रमा अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । देशकै प्रमुख बजारको रुपमा चिनिने सखुवा बजार जाने चौक लगाएतका ठाँउमा अझैपनि व्यवस्थीत पार्किङ छैन । अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । अहिले पार्किङ समस्याले बाटो हिडने बटुवा देखि जनकपुर ढल्केवर सडक खण्डमा ओहर दोहर गर्ने सवारी साधनहरुलाई समस्या भएपनि चोकमा खटेको ट्राफिक मुख दर्शक बनेको स्थानिय व्यपारी विजय साहले बताए ।
जनकपुर ढल्केवर सडक खण्ड ६ लेन सडक बनेपनि महेन्द्रनगर दुर्गामन्दिर नजिक लाग्ने नयाँबजार र क्षिरेश्वर चौक स्थित लाग्ने चौकको बजारको दिन एक लेन पुर्णरुपले अवेवस्थीत बजारको कारण जाम भएको हुन्छ । निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकन लागदा पनि यो समस्या समाधान गर्नलागि त्यति चासो दिएको देखिएको छैन । शहरी क्षेत्रमा बढिरहेका सवारी साधनहरुलाई व्यवस्थित गर्न सम्वन्धित निकाय मौन बसेका छन । अव्यवस्थित सवारी साधन र पार्किङको कुरामा स्थानीय तह र टा«फिक प्रहरी त्यति गम्भीर पनि देखिदैन ।
बढ्दो सवारी साधनको चापले निम्त्याउने सवारी दुर्घटनालाई कम गर्न सम्वन्धित स्थानीय तह र ट्राफिक प्रहरीको विशेष भूमिका आबश्यक छ । अब्यवस्तिथत पार्किङले सवारी दुर्घटना बढने मात्रै हैन सडक पेटिमा हिडडुल गर्ने अधिकांस व्यक्तिहरुलाई सास्ती छ । व्यस्त सडकका छेउमा पार्किङ गरीएका सवारी साधनको मारमा दिन प्रतिदिन जनता परिरहेका छन ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech