दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित परिक्रमा यात्रीलाई भव्य स्वागत गरिएको छ । नेकपा एमाले यूवा नेता, नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य अनिल चौधरी र स्थानियहरुको सहयोगमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भव्य स्वागत गरिएको स्थानिय राजनितीकर्मी विजय यादवले बताए ।

मिथिलाको महान १५ दिने परिक्रमा कंचनवनमा होली खेली महेन्द्रनगर स्थित रहेको क्षिरेश्वरनाथ मन्दिर दर्शन गर्दै पर्वताको लागी प्रस्थान गर्ने क्रममा महेन्द्रनगर नगरपालिका अगाडि प्रत्यक वर्ष भव्य स्वागत गर्ने गरेको छ । परिक्रमा यात्रीलाई महेन्द्रनगर स्थानियबासी, व्यापारी, राजनितीकर्मीहरुको सहयोगमा भोजन, सरवत र औषधी लगायतले सेवा गरने गरेको छ ।
परिक्रमा यात्रीहरुलाई स्थानिय, नेपाली सेना र शसस्त्र प्रहरी लगायतका जवानहरुले भोजन गराउनमा विशेष सहयोग गरेको छ । हिन्दुधर्ममा भोजन पस्चात दछिना दिने प्रचलन अनुसार परिक्रमा यात्रीहरुलाई भजन गराई परिक्रमा यात्रीलाई स्वागत गर्नका लागी वसेका टिम र यूवा नेता चौधरी आफनो व्यक्तिगत तर्फबाट पनि नगद दछिना प्रदान गरिएको छ । यस परिक्रमालाई मिथिलाञ्चलको बहुचर्चित सांस्कृतिक उत्सव मध्यमा परिक्रमालाई ‘मिथिलाको महाकुम्भ’ पनि भन्ने गरिन्छ ।

Your Ad Code Here


प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवतसुरु हुने परिक्रमामा लाखौं भक्तजनहरू सहभागी हुने गर्दछन् । परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइपुग्ने गरेको छ । मिथिलाञ्चलमा परिक्रमा समापनको भोलिपल्ट होली मनाउने चलन रहेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका स्थित ठेराकचुरी गाउँमा रहेको मिथिला विहारी मन्दिरबाट प्रस्थान गर्ने मिथिला बिहारीको डोला साधुसन्त र हजारौँ भक्तजनसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा आई पुग्दछ । यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमानगढी पुगेर विधिवत रुपमा १५ दिने यात्रा शुभारम्भ हुने गरेको छ ।


परिक्रमाको दोस्रो दिन रामसीताको डोला सहित साधुसन्त र भक्तजनहरू भारतको कल्याणेश्वर स्थान पुग्ने गर्दछन्। त्यहाँ महादेवको मन्दिरमा पूजा अर्चना गरी राति विश्राम गर्ने गरिन्छ ।
तेस्रो दिन भारतकै गिरिजास्थान र चौंथो दिन महोत्तरीको मटिहानी पुग्छन्। मटिहानीमा रामसीताको विवाहको बेला मटकोर विधि भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । मटिहानीबाट डोला जलेश्वर पुग्दछ । जलेश्वरनाथको दर्शनपछि पञ्चमी तिथिमा परिक्रमा मडै गाउँ पुग्ने गर्दछन्। मडै गाउँमा माण्डप ऋषिको आश्रम रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यहाँबाट ध्र‘वकुण्ड हुँदै डोला कञ्चनवन पुग्छ ।


कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको र त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरी परिक्रमा सरिक साधुसन्त तथा भक्तजनहरूले होली खेल्ने गर्छन्। त्यसपछि डोला क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको क्षिरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता तर्फ मोडिन्छ । पर्वताबाट धनुषाधाम पुग्ने गरेका डोलेहरूले धनुषाधाममा रामसीताको स्वयंवरको बेला रामले शिवको धनुष भाँचेको टुक्रा झरेको अवशेष भएको मन्दिरको दर्शन गर्ने गर्छन्।


दशमी तिथिमा सतोषर भन्ने स्थानमा डोलेहरू बास बसेर क्रमशः औरही, करुणा हुँदै कल्याणेश्वर भएर विशौल पुगी विश्राम गर्छन्। फागुन पूर्णिमाको दिन डोला जनकपुरधाम आईपुगी अन्तरगृह परिक्रमा गरी समापन हुने गर्दछ ।
परिक्रमामा नेपाल र भारतको गरी १ सय ३३ किलोमिटर लामो पैदल यात्रा हुने गरेको छ ।


जसमा हजारौंको संख्यामा श्रद्धालुहरू सहभागी हुने गर्दछन्। पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा दुःखकष्टको निवारण भई पाप नष्ट हुने जनविश्वासका रहेको छ । परिक्रमाका क्रममा पुगिने सबै धार्मिक स्थलहरू रामायणको विशेषता र रामसीताको वैवाहिक सम्बन्धसँग जोडिएका स्थानको रुपमा रहेका छन्। परिक्रमा अवधिभरी सहभागी यात्रुहरूले चोखो खानेकुरा खाने, लहसुन, प्याज सेवन नगर्ने, खाली खुट्टा हिँड्ने, बिहानै उठेर नुहाई धुवाई गरी भजन कीर्तनमा सहभागी हुनुपर्ने नियमहरू बनाइएको हुन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग