महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका हरैया दलीत वस्तीमा नगरपालिका द्धारा प्रदान गरिएको चपाकल उख्खालिएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ हरौया स्थित श्याम सदाको आँगनमा गारिएको चपाकल र शौचालिएको रिङ्ग सहितको सिट उठाएर लगेको पिडित सदाको पत्नीले जनकारी दिएका छन । क्षिरेश्वरनाथ नगरपालिका द्धारा प्रत्येक वडाहरुको गरिव वस्तीमा शौचालय नभएको घरहरुमा सिट सहितको रिङ्ग वाँडिएको थियो । पिडित सदाका अनुसार रातीको समयमा वडा नम्बर ४ का विरेन्द्र सिंहको पत्नीले नगरपालिकाबाट मैले दिलाएको छु भन्दै जवरदस्ती आँगनमा गारिएको चपाकल र घरमा शौचालयको लागी राखिएको रिङ्ग सहितको सिट उठाएर लगेको दुःख पोखेकी छिन । यता यस सम्बन्धमा क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर ४ का वडाअध्यक्ष जगदिस यादव सँग कुरा गर्दा यस सम्बन्धमा अहिले सम्म मलाई कुनै जनकारी छौन यदी कुनै व्यक्ति व्यक्तिगत झगडामा यस्तो काम गरेको छ भने करवाहीको भागिदार वन्छ । यस सम्बन्धमा जनकारी पाउन साथ दलित वस्तीमा पुगेका मधेश प्रदेश दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश वैठा करिब एक वर्ष पहिला नेपाल सरकारको निती अनुसार नै चपाकल गारिएको होला तर जनप्रतिनिधिको सम्वन्धीत व्यक्ति द्धारा गरिएको काम दलितमाथी अनियायीको प्रकास्टा नै हो यस सम्बन्धमा सम्वन्धीत निकायमा जनकारी गराउँछु र रातीको समय डाका शौलीमा एउटा गरिवको घरमा गारिएको कल, घरमा राखिएको शौचालयको सम्मान लगनेमाथी कडाकरवाहीको माग गदर्छु । त्यस्तै क्षिरेश्वरनाथ नगरपालिका नेकपा एमालेका यूवा नेता एवंम नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अनिल चौधरी यो दुःख कुरा हो सवै क्षिरेश्वरनाथ नगरपालिकाको जनता हो अव यसमा कुनै पार्टीको नाम जोरेर कुनै पनि गरिव वस्तीमा गारिएको कल र शौचालयको लागी वाँडिएको रिङ्ग सहितको सिट उठाएर लग्नु यो नगरपालिकाको लागी दुभार्गीको कुराहो र यसको परिणाम आउने दिनमा जनताले दिनेनै छ । त्यस्तै वस्तीमा पुगेका नेपाल खेलकुद महासंघ मदेश प्रदेशका संयोजक, नेकपा एमाले नेता कमल किशोर चौधरी दलित वस्तीमा नेपाल सरकार द्धारा विनियोजित रहमबाट कल वितरण गरिएको छ कसैको व्यक्तिगत सम्पती हैन त्यस्तो प्रदान गरिएको कल उख्खालेर लगनु तँपाई कस्तो जनप्रतिनिधि हो भनेर प्रश्न गरेका थिए । त्यस्तै नेकपा नेता सुखदेव यादव यो दुःखद कुरा हो पिडित गरिव वस्तीहरुको न्यायीको लागी सम्वन्धीत निकायमा जनकारी गराउँछु र यस्तो अनियायी गर्नेहरुमाथी आउने दिनमा जनता स्वम जवाफ दिन तयार रहेको बताउनु भयो ।

 

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग