महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर कुम्हरौल चौकमा बसको ठक्करबाट घाईते भएकालाई एक महिना भन्दा बढी भइसक्दापनि घाइतेको उपचारको लागी क्षतीपुर्ती नदिएको गुणासो गरेका छन । जनकपुर ढल्केवर सडक खण्ड कुम्हरौल चौक स्थित मिति २०७८ पुस ११ गते जनकपुर तर्फ जाँदै गरेको ज १२ प ३९९६ नम्बरको मोटरसाईकललाई कुम्हरौलबाट महेन्द्रनगर तर्फ आउँदै गरेको ज १ क २९५ नम्बरको स्कुल बस मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका १० हारसर बस्ने अन्दाजी वर्ष ४० का इसराइल कवारी र पछाडी सवार उहाँको पत्नी जइसुन खातुन घाइते भएको थियो । गरिब परिवारका कवारी र खातुनलाई गाउँवाट चँन्दा संकलन गरी उपचार भइरहेको छ भने अहिले सम्म बस मालिक कुनै क्षतीपुर्ती नदिएको घाइते कवारीका भाई रसुल कवारीले आफनो दुःखेसो पोखेका छन । घाइते परिवारका अनुसार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाँदा पनि आजभोली गर्दा गर्दौ यतिका दिन भएपनि कुनै सुनवाई नभएको बताए ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग