महेन्द्रनगर, धनुषा मिथिला नगरपालिका हरिहरपुर स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड आफनो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपाल कृषि सहकारी केन्द्रिय संचालक समिति सदस्य एंवम संस्थाका अध्यक्ष राम कुमार महतोको अध्यक्षता र नेकपा एमाले पोलिट व्यूरो सदस्य पुर्व मन्त्री जुली कुमारी महतोको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक आयव्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथी महतो संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै गाउँ गाउँ सहकारी र घरघर भखारी नाराका साथ स्थापना भएको सहकारी आफनो उदेश्य अनुसार जनताको हितमा काम गर्ने विश्वास लिएको र खासगरी जनकारी अनुसार साना किसान कृषि सहकारी संस्था लि. हरिहरपुर थप दुध डेरी संचालन गर्ने उदेश्यका साथ अगाडी बढिरहेको र किसानहरुको लागी समय समयमा कृषि सामग्री सुल्भ दरमा विक्री वितरण गर्दै आइरहेकोमा खुसी व्यक्त गर्दै अगामीदिनमा हामीबाट हुने सहयोग सदैव रहने विश्वास दिलाउनु भयो । त्यस्तै कार्यक्रममा उपस्थित विशिष्ठ अतिथी मिथिला नगरपालिकाका नगर प्रमुख हरि नरायण महतो आर्थीक रुपले विपन्न परिवारहरु अहिले यो सहकारीको माध्यमबाट हुनेखाने भएका छन । अहिले पनि नेपालमा करिब ६५ प्रतिशत व्यक्ति कृषि पेशामा लागेका छन तर समयमा किसानको लागी चाहिने मल खाद्य विउविजन उपलब्ध नभएर कृषि उत्पादनमा ह्रास आएको दुखेसो पोखेका थिए । कृषि पेशामा अधारीत देश नेपाल जव सम्म कृषि क्षेत्रमा लगानी गर्दैन तबसम्म आर्थिक रुपमा सवल हुनसक्दैन । मिथिला नगरपालिकाबाट किसानहरुको लागी समय समयमा कृषि औजार, कृषि सामग्री वितरण गर्दै आएको र अगामी दिनमा पनि किसानलाई विशेष प्राथमीकतामा राखेर काम गर्ने विश्वास दिलाउनु भयो । साथै साना किसान कृषि सहकारी संस्था हरिहरपुर हामीहरुको सुझाव सल्लाह अनुसार नै दुध डेरी खोल्न गइरहेको छ वास्तवमा यो ठाउँमा दुध डेरी खुल्योभने यहाँका स्थानियलाई दोह्रो फाईदा हुन्छ उन्नतजातको पशुपालनगरी दुधडेरीको लागी चाहिने दुध र किसानको लागी चाहिन मलपनि प्रयाप्तमात्रमा उत्पादन गर्नसकिन्छ । जुन रुपमा यो संस्था अगाडी वढीरहेको छ यस्को सफलताको कामना गर्दै अगामीदिनमा हामीबाट हुने सहयोग क्याम रहने विश्वास दिलाउनुभयो । कार्यक्रममा विशिष्ठ अतिथी जग्गा दाता सुशिला देवी उपाध्याय, ई.केदार चन्द्र शर्मा अतिथी मि.न.पा. वडा नम्बर ३ का वडाअध्यक्ष राम एकवाल महतो, साना किसान विकास वैंक इलाका प्रवन्धक यूवराज गैरे, क्षि.न.पा. ७ का वडाअध्यक्ष राम कृष्ण यादव, संत कविर अनाथ आस्रमका वावा आलोक, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, समाजसेवी सुर्य वहादुर, रविनाथ महतो संस्थाका संचालक समिति, शेयर सदस्यहरुको उपस्थितीरहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु, विशेषगरी जग्गा दाता र भखरै नेपाल कृषि सहकारी केन्द्रिय संचालक समिति सदस्यमा निर्वाचित राम कुमार महतोलाई दोसल्ला ओढाई सम्मान गरिएको छ । कार्यक्रम संचालन साना किसान कृषि सहकारी संस्था शान्तीपुर प्रवन्धक गिता सिंह द्धारा गरिएको थियो भने मिथिलाको लोकप्रिय कलाकार वियन पटेर र रिना यादवको टिम जनचेतना मुलक कमेडी र नृत्यहरु प्रस्तुत गरिएको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech