दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

गणेशमान चारनाथ नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेश कुमार यादवको घरमा अपरिचिति व्यक्तिले पुस २० गते आगजनी गरेको छ । अपरिचिति व्यक्तिहरुले गरेको आगजनीले काठ र माटो र जस्ताको छानाले छाएको घर पूर्ण रुपमा जलेर नष्ट भएको पीडित पत्रकार सुरेश कुमार यादवले बताउनु भयो ।

पीडित पत्रकार सुरेश यादवले आफु पुस १९ गतेदेखि आमा विरामी हुनु भएर जनकपुरमा उपचार गराई रहेको थिएँ, आमालाइ थप उपचारको लागि चितवन लैजाने तयारीमा रहेको वेला विहानै घरमा आगजनीले जलेर नष्ट भएको बताउनु भयो ।

Your Ad Code Here

 

आगजनीको क्रममा शुभ श्री बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको २ लाख ८५ हजार रुपैयाँ नगद, काठको दराज, एक सेट सोफा, पलङ, ओढ्ने–ओछ्याउने सहित सम्पूर्ण लत्ताकपडा, आमाको कानमा लाउने झुम्का, टप र दालचामल समेत सम्पूर्ण घरायसी प्रयोगका सरसामान गरि करिव १५ लाख रुपैया बरावरको समान जलेर खरानी भएको पीडित पत्रकार सुरेश यादवले बताउनु भयो ।

घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषालाइ जानकारी गराएको र प्रहरीको टोली घटना स्थलमा आएर मुचुल्का गरेको स्थानिय समाजसेवी मिथिला साहले बताउनुभयो । उहाँले पत्रकार यादव विगत एक वर्षदेखि सवैला नगरपालिकामा भई रहेको भ्रष्टाचारबारे जनतालाई जागरुक्क गराउँदै भण्डाफोर अभियान र सुचना माग गर्दै सवैला नगरपालिकाको करिव दुई महिना धर्नामा बसेका थिए ।

स्थानिय पत्रकार मनोज पासमानले शितलहरको समयमा अपरिचित व्यक्तिले बस्ने घरमा आगजनी गर्नु निकै दुःख घटना भएको बताउँदै घटनाको सही तथ्य छानविन गरि दोषी उपर कडा कारवाही गर्नुपर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग