दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एन्फा धनुषा जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनल खेल जनकपुर स्पोटर्स कल्व जनकपुरले जितेका छन । क्षिरेश्वर मा.वि.को खेल मैदानमा आइतवार यज्ञभुमी यूवा समाज धारापानि र जनकपुर स्पोर्टस कल्व जनकपुर विच भएको रोमान्चक प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा एक एक गोलको वरावरीमा सकेको थियो तर अन्तीम प्यनाल्टी गराउँदा गोलमा अग्रता क्याम गर्दै जनकपुर स्पोर्टस कल्ब एन्फा धनुषा जिल्ला ए डिभिजन लिगको फाइनल खेल जितन सफल भएको छ । प्रथम हुने जनकपुर स्पोर्टस कल्व जनकपुरलाई नगद २५ हजार शिल्ड, मेडल, कप, प्रमाणपत्र र दोस्रो स्थान ल्याउने यज्ञभुमी यूवा समाज धारापानिलाई नगद १७ हजार शिल्ड, मेडल, कप, प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै फुटवल प्रतियोगितामा म्यान अफ द म्याच जनकपुर स्पोर्टस कल्व जनकपुरका शिव माझी, वेष्ट डिफेन्डर क्षिरेश्वर स्पोटर्स कल्ब महेन्द्रनगरका इन्द्रजीत पासवान, वेष्ट गोल किपर क्षिरेश्वर स्पोटर्स कल्व महेन्द्रनगरका मो रिजवान, बेष्ट फोरवार्ड यज्ञभुमी यूवा समाज धारापानीका ओम घतानी, वेष्ट मिडफिल्डर जनकपुर स्पोटर्स कल्व जनकपुरका उज्वल लामा र राईजिङ्ग प्लेयर धनुषा शान्ति समाजका शिवनन्दन ठाकुरलाई प्रदान गरिएको प्रतियोगिताका संयोजक राम केवल मुखियाले जनकारी दिएका छन । क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरको विषेश सहयोग र धनुषा जिल्ला फुटबल संघको आयोजनमा आयोजित प्रतियोगितामा जम्मा १० ओटा टिमको २३ ओटा खेल खेलाईएको थियो । करिब १० दिन सम्म संचालित फुटवल प्रतियोगिताको सम्मापन कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार सहभागी सम्पुर्ण टिम र विशेषगरी प्रथम र दोस्रो टिमका खेलाडीहरुलाई अगामी दिनको शुभकामना दिँदै खेल मानव जिवनको अभिन्न अगं हो यसलाई निरन्तरता दिनुपर्छ र जो साथी जुन क्षेत्रमा अगाडी वढदैछ त्यसलाई हामी र हाम्रो समाजले सहयोग गर्न अति आवश्यक छ । त्यस्तै कार्यक्रममा अतिथीको रुपमा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद घिमिरे स्वागत मन्तव्य राख्दै खेलमा नेपाल सरकारले खासै बजेट नछुटीयाएपनि क्षिरेश्वरनाथ नगरपालिकाले खेलाडीहरुको लागी अरु बजेटबाट भएपनि यसलाई निरन्तरता दिएका छौं र अगामीदिनमा पनि हाम्रो साथ सहयोग रहने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथी एनफा अडिट एण्ड कमलयान कमिटिका अध्यक्ष दिपक खाती अतिथी धनुषा जिल्ला फुटवल संघका अध्यक्ष प्रदेश फुटवल संघका महासचिव सुरेश ठाकुर, प्रदेश फुटवल संघका वरिष्ठ उपाध्याक्ष विजय कु.गुप्ता, महोत्तरी फुटवल संघका अध्यक्ष प्रमोद मान्नधर, समाजसेवी मितलाल गिरी, ईश्वरी अधिकारी, उद्योग वाणिज्य संघका महासचिव दिपक साह, धनुषा जि.फु.संघका सदस्य एन्फाका केन्द्रिय सदस्य तपेश्वर राउत, क्षि.न.पा. वडा नम्बर ४ का अध्यक्ष जगदिस यादव, ५ का जिवछ मण्डल ,माछापुछर् बैंक लि महेन्द्रनगरका शाखा प्रवन्धक प्रमोन्नद यादव, कल्याण खडका, राजदेव साह, शम्भुनाथ गोइत लगायतको उपस्थिती रहेको थियो । कार्याक्रमका सहयोगीहरुलाई मंचमा उपस्थित अतिथीहरुबाट सम्मान पत्र र प्रशन्सापत्र द्धारा सम्मान गरिएको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग