महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित कार्यालय रहेको सामुदायिक कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको १० औैं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रितलाल महतोको अध्यक्षता र मिथिला नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष विहारी महतोको प्रमुख अतिथीयमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक आयव्य प्रस्तुत गरिएको थियो । मिथिला नगरपालिका २ स्थित मिथिला चौकमा रहेको सामुदायिक भवनको सभा हलमा आयोजित वार्षिक साधारणसभामा प्रमुख अतिथी महतो केहीदिन पहिला लगातारको वर्षाले किसानहरुलाई भएको क्षतीको फोटो सहितको विवरण वडाकार्यालयमा बुझाउन आग्रह गर्दै नेपाल एउटा कृषि प्रधान देश भएर पनि किसानको समस्याको वारेमा देशमा कुनै पार्टीको सरकार आएपनि अहिले सम्म किसानको समस्या समाधन भएको छैन । अहिलेपनि किसानहरु परम्परा प्रणाली र अकाशको भरमा खेती गरेपनि समयमा खाद्यको अभाव भोगन बाँध्य भएका छन । आउने दिनमा सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीहरुलाई खासगरी स्थानिय किसानहरुको लागी सहुलियत दरमा ऋण उपलब्ध गराई सहयोग गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा पूर्व गाविस अध्यक्ष समाजसेवी राम प्रसाद महतो, हिमालय यूवा कलवका अध्यक्ष अरुण कुमार महतो, खानेपानि उपभोक्ता समितिका अध्यक्ष ठकाई महतो लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech