दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
हिन्दुहरुको महान पर्व शुभ दिपावली लक्ष्मी पुजाको उपलक्ष्यमा सम्पन्न भएको जिल्ला स्तरिया फाइनल कवडि प्रतियोगितामा आयोजक टिमले सान्दार जित हात पारेको छ । षा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका सखुवा मवेसी बजार स्थित श्री श्री १०८ श्री लक्ष्मी पुजाको उपलक्ष्यमा आयोजना गरिएको कवडी प्रतियोगितामा आयोजक टिम श्री लक्ष्मी पुजा समितिका ए टिम रातो र बि टिम विच भएको खेलमा ए टिम रातोले सन्दार जित हाथ पारेको छ । लक्ष्मी पुजा कवडि खेलको संयोजक अनिल यादवको अध्यक्षता र नेपाल खेलकुद संघ प्रदेश २ का संयोजक कमल किशोर चौधरीको प्रमुख आतिथयमा आयोजत प्रतियोगितामा फाइनल खेल जितेका आयोजक ए टिम लाई नगद २५ हजार ट्रफी प्रदान गरिएको छ । त्यस्तै कवडी प्रतियोगितामा दोस्रो स्थान ल्याएका आयोजक बि टिमलाई नगद १५ हजार ट्रफी प्रदान गरिएको आयोजक समितिले जनकारी दिएका छन । जिल्ला स्तरिया कवडि प्रतियोगिताको फाइनल खेलको कार्यक्रममा विशिष्ट अतिथी नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य नेकापा यूवा नेता अनिल चौधरी, टिभिएस सोरुमका संचालक सुनिल साह, समाजसेवी विनोद गुप्ता, जावेद खान लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग