दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
हिन्दुहरुको महान पर्व शुभ दिपावली लक्ष्मी पुजाको उपलक्ष्यमा प्रत्येक पोलमा विजुली वति लगाई उज्यालो गरिएको छ । धनुषा वटेश्वर गाउँपालिका शान्तिपुरको प्रत्येक पोलमा शान्तिपुरका समाजसेवी सुनिल साह द्धारा विजुली वति लगाई उज्यालो पारिएको छ । हिन्दुरुको महान पर्व शुभ दिपावली तथा छठ पुजाको उपलक्ष्यमा नेकपा एमाले यूवा नेता सुनिल साह द्धारा आफनो व्यक्तिगत लगानीमा गाउँको पोलहरुमा विजुली वती लगाई उज्यालो पारिएको छ । समाजसेवी साहका अनुसार गाउँमा विभिन्न वर्ग समुदायका वासिन्दाहरुको वासोवास रहेको छ कति दिन भरी कमाएर आफनो गुजारा गरिरहेको छ जसको लागी आफनो घरमा वती लगाउन सकिरहेको हुँदै न रोडमा वती लगाउनु परको कुरा हो त्यसैले यो सवैलाई ध्यानमा राखि कमतिमा यस्तो हिन्दुहरुको महान पर्वको अवसरमा आफनो गाउँ उज्यालोमा होस भन्ने उदेश्यका साथ पोल पोलमा विजुली वती जडान गरिएको बताउनु भयो । साथै आउने दिनमा पनि गाउँवासीहरुको लागी आफैले सक्दो सहयोग गर्दै आउने प्रतिवध्ता जनाउनु भयो ।

 

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग