दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित दशैं सस्तो बजारको उदघाटन भएको छ ।

हिन्दुहरुको महान पर्व दशैं दिपावली तथा छठ पर्वको मध्यनजर गरी दोस्रो पटक क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा दशैं सस्तो बजार लागेको छ । क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्दको प्रमुख आतिथीयमा एक कार्यक्रम विच दशैं सस्तो बजारको उदघाटन गरिएको छ ।

Your Ad Code Here

कार्यक्रममा नगर प्रमुख पजियार यो संघ पुरानो भएपनि पहिलो चोटी निर्वाचन प्रक्रियाबाट आएका कार्यसमितिहरु आफनो कार्यकालको सुरुवात देखि नै निरन्तर केही न केही कार्यक्रमहरु गर्दै आएकोमा खुसी व्यक्ति गर्दै दशैं सस्तो बजारले यो ठाउँको रौनक्तामा निखार आएको बताउनु भयो । दशैं सस्तो बजारमा उपलब्ध सामग्रीहरुमा कुनै प्रकारको मिसाबट हुन नदिन क्षिरेश्वरनाथ नगरपालिकाका नगर उपप्रमुख रचना माथेमाको संयोजत्वमा बनेको अनुगमन समितिले समय समयमा अनुगमन गर्न आग्रह गर्नुभयो ।

दशैं सस्तो बजार लगाउनमा नगरपालिका बाट पनि सफाईकर्मी, नगर प्रहरी उपलब्ध गराउँदै आएको छ र आगामीदिनमा पनि साथ सहयोग रहने प्रतिवध्ता जनाउनुभएको थियो । क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको अहिले पनि आफनो भवनको आवश्यकता छ तर यहाँका व्यपारी समाजसेवी लगायतको सहयोगमा आफनै जमिन भयो भने नगरपालिकाबाट भवनको लागी सक्दो सहयोग गर्ने प्रतिवध्ता पनि जनाउनु भयो ।

साथै प्रमुख अतिथी पजियार अहिले पनि कोरोना काल समाप्त भएको छैन बजारमा रहेका व्यपारी र ग्राहकहरुलाई समाजिक दुरी क्याम गरी खरिद विक्री गर्न आग्रह गर्दै आउने चैत सम्म सम्पर्न नगरबासीलाई कोरोनाको भ्याक्सीन लगाउने विश्वास दिलाउनु भयो । कार्यक्रममा नगर उपप्रमुख रचना माथेमा, समाजसेवी मित्रलाल गिरी, पूर्व अध्यक्ष रामजी सिंह, इश्वरी प्रसाद अधिकारी, बासुलाल महतो, खेलकुद महासंघ प्रदेश २ का संयोजक कमल किशोर चौधरी, वडानम्बर ४ का वडाअध्यक्ष जगदिस यादव, ५ का जिवछ मण्डल, विभिन्न पर्टी प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका सचिव अजय कुमार महतोले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग