दुधमती एफ.एम. १०४ मेगाहर्ज
50%

महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित लाग्नगईरहेको दशैं सस्तो बजारको त्यारी अन्तम चरमा पुगेको छ ।

हिन्दुहरुको महान पर्व दशैं दिपावली तथा छठ पर्वको मध्यनजर गरी दोस्रो पटक क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको दशैं सस्तो बजारको त्यारी अन्तीम चरणमा पुगेको क्षिरेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवले जनकारी दिनुभयो ।

Your Ad Code Here

दशैं घटस्थापना दिन देखि लागन गइरहेको दशैं सस्तो बजारको समुदघाटन क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारबाट २१ गते विहिवार दिनको १ बजे हुने वाणिज्य संघका उपाध्यक्ष तथा दशैं बजार संयोजक विनय कुमार साहले बताउनु भयो ।

हिन्दुहरुको महान चाँड दशैं दिपावली तथा छठपर्वमा विभिन्न किसिमको घराइसी समानहरुको आवश्यकता हुने कारण एकै ठाउँमा सबै समान पाउने र अन्तभन्दा सुल्भ दररेटमा उपलब्ध गराई उपभोक्तालाई सहज गर्ने उदेश्य रहेको संघका महासचिव दिपक प्रसाद साहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग