महेन्द्रनगर, धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित वडा नं ५ र ६ को विचमा लगातारको अविरल बर्षाका कारण पानिको निकास नहुँदा दर्जनौंघर ढुवानमा परेका छन ।
वर्षाका कारण सडक खण्ड हिलाम्य भएपछि आवतजावतमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । खाल्डाखुल्टी पर्दा पैदल यात्रु तथा सवारी साधनलाई आवतजावतमा समस्या भएको हो । यस सडक खण्डको समयमा स्तरोन्नति तथा मर्मत नहुँदा हरेक वर्ष वर्षामा आवत जावत गर्ने मानिसहरूले दुख पाउने गरेको छन् । नेपाल खेलकुद संघ प्रदेश २ का संयोजक कमल चौधरिले लगातार चार दिनको बर्षाले यस ठाउँमा आबतजाबतमा पनि धेरै कठिनाइ भईरहेको उनले दुख प्रकट गरेका छन । यो समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने उनले जोडदाड माग गरेका छन । सडकमा साना ठुला खाल्डाखुल्टी परेर वर्षायाममा सडक हिलाम्य हुँदा हिँडडुल गर्न निकै नै समस्या भइरहेको चौधरीको भनाइ छ ।
संयोजक कमल चौधरिले समान्य बर्षाबाट महेन्द्रनगरका सहायक सडकहरु हिलाम्य भएको छ । हिलो र खाल्डाखुल्टीका कारण यो सडकमा हिँड्नै डर लाग्छ’, उनले भने, ‘‘दिउँसो त जसोतसो हिँडडुल गरिन्छ तर राति हिँड्न धेरै खतरा छ ।’ यो सडकमा आवतजावत अत्यधिक हुने गरेको भए पनि सरोकारवाला निकायले यसको निर्माण तथा मर्मतमा ध्यान नदिँदा वर्सेनी जनताले दुःख पाउने गरेको चौधरीको गुनासो छ । चल्तीको सडक दयनीय अवस्थामा पुगेपछि ठुलो दुर्घटनाको जोखिम बढेको चौधरी बताउनुहुन्छ । सडकमा साना ठुला खाल्डाखुल्टी परेको हुँदा बस, ट्रक समेत हिँड्ने गरेकाले ठुलो दुर्घटनाको पनि जोखिम बढेको उनको भनाइ छ । महेन्द्रनगरका मुख्य ब्यापारी केन्द्रको रुपमा रहेको ब्यापारीक मार्ग योजनाका कारण समान्य वर्षामा हिलाम्य शहरको रुपमा परिणत भएको हो ।
मंगलबार बेमौसमी आएको वर्षाका कारण तथा सरसफाई र सडक निर्माणमा देखिएको लापारवाहिका कारणले सहायक सडकहरु हिलाम्य बनेको क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघका सदस्य संजय साहले बताए । संजय साहले क्षिरेश्वरनाथ नगरपालिकामा कतै विकासको मुल नदेखिएको र यहाँको प्रमुखले दादागिरी हिसाबले काम गरेको उनले आरोप लगाए ।
यता, जसपाका नगरअध्यक्ष बिनोद प्रसाद गुप्ताले बिनोद गुप्ताले केहि स्थानमा नालाको काम सम्पन्न भएपनि कहि खाल्डो गरेर छाडीएको त कतै आधी सडक खनेर छोडेपछि त्यस स्थानमा वर्षाको पानीका कारण सडक बाट बजार, बिधालय जाने मुल सडक नै हिलै–हिलो भएको उनले जानकारी दिए । नेकपा एमाले धनुषा जिल्ला कमिटीका सदस्य महेन्द्र यादवले लगातारको अविरल वर्षाले महेन्द्रनगरका अधिकांश सडकहरु विग्रेका कारण आवत जावत गर्न कठिनाई भएको उहाँको भनाइ छ । विगत केहि दिनदेखी लगातार भइरहेको वर्षाले जनजिवन प्रभावित हुनुका साथै बाटो घाटो पनि विग्रेको छ । अविरल वर्षाका कारणले सडक हिलाम्य हुँदा पैदल देखी लिएर सवारी साधनबाट यात्रा गर्न ठुलो कठिनाई भइरहेको उनले स्थानीयहरु बताए । सडक हिलो हिलो भएपछि यात्रुहरु जेखिम मोलेर यात्रा गर्न बाध्य भएका छन । स्थानीय सरकारले यस प्रति कुनै चासो नदेखिएको उनिहरुले गुनासो गरेका छन ।
आबतजाबत र रोडमा पनि जमेको छ भने घरमा पानि पसेको यहाँका जनप्रतिनिधिहरुले कानमा तेल हालेर चुप बसेका उनिहरुले आरोप लगाएका छन सडकको अवस्था दयनीय भएकोले आवतजावतमा कठिनाइ भई रहेको स्थानीयबासी बताउँछन् ।
यता क्षिरेश्वरनाथ नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष जिवछ मण्डलले दुई घण्टाको भित्रमा हेमपाइप ल्याएर समस्या समाधान गरिने उनले बताए । साथै यो सम्सयालाई छिटै समाधान गर्ने प्रतिव्धता जनाए ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech