महेन्द्रनगर,
धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर नयाँबजार स्थित रहेको दुर्गामन्दिरको धर्मशला उदघाटन भएको छ । दुर्गामन्दिर कार्यकर्यसमितिका अध्यक्ष सुरेश कापरको अध्यक्षता र नेकपा एमाले नेता स्थायी समिति सदस्य पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच धर्मशलाको उदघाटन गरिएको छ ।


कार्यक्रममा प्रमुख अतिथी महासेठ विगत दिन दुई तिहाईको सरकार विना पक्षपातगरी सबै क्षेत्रमा जनताको अनुभुती हुने गरी विकास निमार्णको कामहरु गरेको छ । विकासको दृष्टीकोणले सडकको कुरा गर्दा नेपालमा धेरै सडक हाम्रै पालामा सम्झैता भएर कति काम भइसकेको छ भने कति काम भइरहेको छ । चुनावको समय जनता सँग प्रतिवध्ता गरेको एक काम जचुकाली संचालन बाहेक सबै काम भएको छ । साथै प्रदेश नम्बर २ कै नमुना विद्यालयको रुपमा यही बेगांडावर स्थित बन्न गइरहेको जनकारी दिनुभयो । नेता महासेठ एमालेमा अध्यक्ष केपि शर्मा ओलीको विकल्प अहिले पनि माधव नेपाल नै रहेकाले सरकारलाई दिएको समर्थन फिर्ता गरि पार्टीमा आउन आग्रह गरेका छन् ।

Your Ad Code Here


एमाले बनाउन र यहाँ सम्म ल्याउन माधव नेपालले खेलेको भुमिकाको प्रशंसा गर्दै महासेठले पार्टी छोडेर गएर नेपालको पतन हुने बताए । उनले शेरबहादुर देउवाको सरकार विस्तार हुँदा हुदै ढल्ने समेत दावी गरेका छन् ।


कार्यक्रममा मिथिला विहारी नगरपालिकाका मेयर अनिल यादव, वटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत, मिथिला नगरपालिका उप–मेयर तारा वस्नेत लामा, नेपाल खेलकुद महासंंघका केन्द्रिय सदस्य अनिल चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन नेपाल खेलकुद प्रदेश नम्बर दुईका संयोजक कमल किशोर चौधरीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग