मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षाका कारण आज पहाडी  भूभागमा भूक्षय, पहिरो  र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको र हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

यसैगरी, आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Your Ad Code Here

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग