महेन्द्रनगर, धनुषा जिल्ला क्षिरेशवरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको श्री श्रीनाथ गण महेन्द्रनगर द्धारा मुसहर बस्तीलाई पक्की शौचालय हस्तान्तरण गरिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ६ कुचाईटोल मुसहर बस्तीमा टोइलेट बाथरुम र कलको बिजोगमा बसेका मुसहर समुदायलाई नेपाली सेना कल्याणकारी कोषबाट करिब रु १० लाखको लागतमा पक्की शौचालय ५, बाथरुम २ र ६ ओटा कलको निमार्ण सकि शुक्रबार एक कार्यक्रम विच श्री श्रीनाथ गणका कर्नल गजेन्द्र रावल द्धारा वडा नं. ६ का वडाअध्यक्ष मान बहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा उपस्थित श्री श्रीनाथ गणका कर्नल रावल विगतका दिनमा पनि नेपाली सेना द्धारा गरिब, अस्हाय र दलित वस्तीहरुमा विभिन्न किसिमले सहयोग गर्दै आएको छ र अगामीदिनमा पनि यस्ता वस्तीहरुमा हाम्रो सहयोग साथ जारी नै रहने बताउनु भयो । साथै हाम्रो कामको लागी जग्गा उपलब्ध गराईदिनुभएकोमा जग्गाधनी प्रदिप खातीलाई धन्यवाद दिनुभयो ।
त्यस्तै वडा अध्यक्ष श्रेष्ठ श्री श्रीनाथ गण नगर भित्र रहेको वडाहरुमा हाम्रो वडाभित्र रहेको गरिब समुदायको अवस्थालाई मध्यनजर गरी सुविधा सम्पन्न टोइलेट, बाथरुम र कल सहयोग गरेको मा कर्नल रावल लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिदैँ अगामीदिनमा पनि यस्तै साथसहयोगको अपेक्षा गर्नुभएको थियो ।
सुविधा सम्पन्न टोइलेट, बाधरुम र कल पाएर मुसहर वस्ती नै खुशिभएका छन । कार्यक्रममा मेजर प्रजुवल साही ठकुरी, कार्यपालिका सदस्य विरेन्द्र सिंह लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech