कपिलवस्तु

कपिलवस्तु वाणगंगा नगरपालिकाको चप्परगाउँमा भएको मोटरसाइकल दुर्घटनामा २ जना घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार दिउँसो मोटरसाइकल र ट्याक्टर एकआपसमा ठक्कर खाएका थिए ।

Your Ad Code Here

पुर्व बाट पश्चिमका लागि छुटेको बागमती प्रदेश ०२ ०२५ प १०२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको लु ३ त ४७०१ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते दुबै जनालाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा पठाइएको तर उपचार सम्भब नभएपछि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग