कोरोना महामारीका कारण दुई वर्ष देखि रोकिएको स्नातक तह प्रथम वर्षको परीक्षा आज देखि सुरु भएको छ। परीक्षा आज विहान ७ बजेदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनु भयो ।
स्वास्थ्य मापदण्डको पालना सहित परीक्षा आज देखि सञ्चालन गरिएको जोशीको भनाइ छ। कोभिड–१९ का कारण परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा सुरु भएको हो। परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाएका छन्।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech