महेन्द्रनगर,
मापदण्ड विपरित खोला उत्खनन् गरेको भन्दै धनुषाको जलाद खोलाबाट स्थानियहरुले बकेट लागेको ट्रायक्टरहरु नियन्त्रणमा लिएको छ । क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थानियहरुले जलाद खोलामा मापदण्ड विपरित उत्खन्न गरेको भन्दै दई बकेट लागेको ट्रायक्टर र ३ ओटा ढुवानी गर्ने टेलारी लागेको टे«यक्टर नियन्त्रणमा लिएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष मोद कुमार महतोले मापदण्ड विपरित खोलामा ट्रायक्टमा बकेट लागाई उत्खन्न गरिरहेको अवस्थामा स्थानियहरु नियन्त्रणमा लिएको छ । विगतका दिनमा पनि मापदण्ड विपरित खोला उत्खन्न गरेकोमा समझाई बुझाइ आइन्दा यस्तो नगर्ने सर्तमा छोडको उल्लेख गर्दै पटक पटक समझाउँदा पनि पुलको नजिक र मापदण्ड विपरित खोलामा बालुवा गिटी उत्खन्न गरेपछि बाँध्य भएर स्थानियहरु ट्रयक्टर नियन्त्रणमा लिनु परेको बताउनु भयो । ट्रायक्टर नियन्त्रणमा लिएका स्थानियहरुका अनुसार स्थानिय प्रशासन र सरोकारबलाहरुको मिलोमतोमा अवैध खोला उत्खन्न भइरहेको छ । स्थानिय खोलाहरुमा दिनदहाडै ट्रायक्टरहरुमा बकेट लगाई मापदण्ड विपरित खोला उत्खन्न गर्नु स्थानिय प्रशासनको मिलोमतो विना यस्तो कामा गर्न नसक्ने स्थानियहरुले आरोप लगाएका छन । नियन्त्रणमा लिएको ट्रायक्टर स्थानिय प्रशासनलाई जिम्मा लगाई आउने दिनमा पुन्ह यास्तो मापदण्ड विपरित काम रुकेन भने स्थानिय प्रशासन र सरोकारवाला विरुद्ध काडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

Your Ad Code Here
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग